अस्थायी 'स्किल्ड भिसा' भएकालाई समेट्दै आप्रवासन नीतिमा सुधार ल्याइने

Australian visas : new migrant visas

Australia's migration system is to be overhauled after a once-in-a-generation review found it's not meeting the needs of the nation. Source: Getty / Digital Vision/Getty Images

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियाको आप्रवासन प्रणालीमा सुधारहरू ल्याइने भएको छ। एक समीक्षाले अस्ट्रेलियाको आप्रवासन नीतिले देशको आवश्यकता अनुसार काम गर्न नसकेको देखाए पछि सो निर्णय गरिएको हो। समीक्षा समितिले नयाँ आप्रवासन नीतिको ढाँचा दिने गरी ३८ वटा सुधारका सुझावहरू सरकार समक्ष प्रस्तुत गरेको छ।


गृह मामिला मन्त्री क्लेयर ओनिलले समीक्षा समितिको रिपोर्ट सार्वजनिक गर्दै हालको प्रणाली ढिलो र अत्याधिक जटिल भएको बताएकी छिन्।

समीक्षा समितिले सरकार समक्ष कुल ३८ वटा नीति सुधारका सुझावहरू प्रस्तुत गरेको छ।

समीक्षाको बारेमा प्रतिक्रिया दिँदै मन्त्री ओनिलले दुई वटा परिवर्तनहरू हुने स्पष्ट पारेकी छिन् भने चाडै अन्य धेरै परिवर्तनहरू ल्याइने सङ्केत गरेकी छिन्।

सबैभन्दा महत्त्वपूर्ण परिवर्तनहरू मध्येको एक भनेको जुलाई १ देखि हाल स्पन्सर गरिएका आप्रवासीहरूलाई दिइने गरेको न्यूनतम रकम बढाउनु पर्ने रहेको छ।

टीएमएसएमआइटी भनेर चिनिने अस्थायी भिसामा रहेका सीपयुक्त आप्रवासीहरूलाई दिइने तलब थ्रेसहोल्ड एक दशक अगाडी ५३ हजार डलरमा सीमित गरिएको थियो।

त्यसपश्चात् नबढेको सो रकममा अब भने वृद्धि भएर ७० हजार पुग्नेछ।

साथै मन्त्री ओनिलले सीपयुक्त अस्थायी भिसामा रहेका कामदारहरूलाई सन् २०२३ को अन्त्यसम्ममा स्थायी वासस्थान भिसाको लागि आवेदन हाल्ने अवसर दिइने पनि घोषणा गरेकी छिन।
LISTEN TO
nepali_290423_MigrationPolicyReview.mp3 image

पुरा रिपोर्ट सुन्नुहोस्

09:02
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share