पुस्तकालयहरु भन्दा पोकर मेसिन रहेका स्थानहरुमा किन मानिसहरुले धेरै समय बिताउन पाइरहेका छन्?

A man playing a poker machine

A man playing a poker machine Source: SBS

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियामा धेरैको आर्थिक जीवन तहस नहस बनाएको पोकर मेसिन सञ्चालन गर्ने क्लब वा पबहरू रात भरी खुल्छन तर ज्ञानको भण्डार पुस्तकालयहरू चाही साँझ हुन नपाउँदै बन्द हुन्छन।


 

मुख्य विषय
  • जुवाका कारण जीवन तहन नहस बन्दै
  • के पोकर मेसिनको विकल्प पुस्तकालय बन्न सक्छ ?
  • भिक्टोरियाको पुस्तकालय कार्यक्रम अनुसरण गर्न आग्रह


विपन्न क्षेत्रको सुचीमा परेको न्यू साउथ वेल्सको एउटा क्षेत्रले जुवाको प्रकोपलाई न्यूनीकरण गर्न सहयोगको आव्हान गरेको छ ।
 
फेयरफिल्ड स्थानीय सरकारी क्षेत्र राज्यको सबैभन्दा विपन्न क्षेत्र मध्येको एक मानिन्छ  तर अचम्म जुवाका लागि भने न्यू साउथ वेल्स राज्य भित्रकै सबैभन्दा बढी नाफा कमाउने क्षेत्रका रूपमा पर्दछ ।
 
पूर्व शरणार्थी बिक टुई फाम भन्छिन् उनको अस्ट्रेलियाको नयाँ  जीवन जुवाको कुलतले तहसनहस पारिदियो ।
 
मेलिसियाको शरणार्थी शिबिरमा रहँदा उनले आफ्ना पूर्व पार्टनरलाई भेटेकी थिइन् । र सन् १९९० ताका अस्ट्रेलिया नआउर्‍जेलसम्म उनलाई उनका पार्टनरको जुवाको लतका बारेमा कमै मात्र थाहा थियो ।
A man playing a poker machine
A man playing a poker machine Source: SBS
फाम यतिखेर यस्तै दुर्व्यसनको सामना गर्न मद्दत गर्ने काम गर्दछिन् ।

उनको एउटा सुझाव लाईब्रेरीज आफ्टर डार्क अर्थात् अध्यारोपपछिका पुस्तकालय पनि हो । मेलर्वनमा करिब ३ वर्ष पहिले यो कार्यक्रमको परीक्षण गरिएको थियो र यतिखेर फेयरफिल्ड क्षेत्रका स्थानीय यो कार्यक्रम लाई आफ्नो क्षेत्रमा सञ्चालन गर्न चाहन्छन् ।
 
मेरी सलिबा कोर कम्युनिटी सर्भिसेसको प्रतिनिधित्व गर्छिन् जसले सिड्नीको दक्षिण पश्चिमी क्षेत्रमा स्थानीय समुदायहरूको प्रतिनिधित्व गदर्छ ।
Marie Saliba from Core Community Services is hoping the NSW state government will fund the Libraries After Dark program in Greater Sydney.
Marie Saliba from Core Community Services is hoping the NSW state government will fund the Libraries After Dark program in Greater Sydney. Source: SBS News
फेयर फिल्ड क्षेत्रमा बस्ने ३० प्रतिशत भन्दा बढी मानिसहरू कम आम्दानी भएका  मानिन्छन् तर यो क्षेत्रको जुवाको कमाइले भने राज्यका अन्य सबै क्षेत्रलाई जितेको छ ।
 
रक्सी जन्य पर्दाथ र जुवा सम्बन्धी पछिल्लो  अर्धवार्षिक रिपोट अनुसार जुवा खेलाउने मेसिनबाट मात्र सो क्षेत्रमा रहेका होटेल तथा पबहरूले  १ सय ११ मिलियन डलर अर्थात् १० करोड डलर भन्दा बढीको नाफा गरेका छन् ।
 
केट दा कोस्टा दक्षिण पश्चिमी क्षेत्रमा जुवाको सुधार समूहका तर्फबाट सहयोग गदैछीन् । उनी भन्छीन न्यू साउथ वेल्समा राज्यमा संसारमै कहीँ नभएको जुवाका मेसिनहरू हरेका कुनामा छन् र यी कानुन सम्मत त छन् तर सुरक्षित भने छैनन् ।
 
यस क्षेत्रका पुस्तकालयहरू धेरै जसो दिन साँझ ८ बजे सम्म खुला रहन्छन् । र आशा छ कि सञ्चालनको समयलाई बिस्तार गरेर र कार्यक्रमलाई प्रवर्द्धन गरेर पोकर मेसिनको विकल्पका रूपमा मानिसहरूmलाई मनोरजनको प्रदान गर्नेछ ।
Young man carrying stack of books in university library
Young man carrying stack of books in university library Source: Getty Images
भिक्टोरियामा भने परीक्षणको रूपमा अगाडी बढाइएको यो कार्यक्रममा सोचिए भन्दा २ गुणा सहभागिता भएपछि २०२३ सम्म लाई बढाइएको छ ।

डारुहबिनकी मेयर सुसन रेनि लामो समय सम्म जुवाको सुधार सल्लाहकारका रूपमा काम गरी रहेकी छन् उनी भिक्टोरियाको यो कार्यक्रमको नेतृत्वमा मद्दत पुर्‍याइरहेकी छन् ।

फेयर फिल्ड क्षेत्रमा मानिसहरूको विभिन्न समूहहरूले न्यू साउथ वेल्स सरकालाई पत्र पठाउँदै उत् कार्यक्रम राज्यको दक्षिण पश्चिमी क्षेत्रमा लागु गर्न आग्रह गरेका छन् ।


Share