Exclusive

'विगतको गल्ती सच्याउन': नेपालको एक प्राचीन मन्दिरको टुँडाललाई अस्ट्रेलियाले फिर्ता गर्दै

लगभग आठ शताब्दी पुरानो एक टुँडाल अस्ट्रेलियाले नेपाललाई फिर्ता दिने एक कार्यक्रममा भाग लिन आउँदो हप्ता अस्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्स काठमाण्डू जाँदै छन्।

Sulimastrut.png

The Ratneswor Mahadev Temple in the present day, located at Sulima Tole in Patan, Kathmandu. Credit: AP Parajuli

मुख्य बुँदाहरू:
  • अस्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्स सन् १९८५ पछि नेपाल भ्रमण गर्ने पहिलो अस्ट्रेलियाली सङ्घीय मन्त्री हुने छन्। 
  • करिब ८०० वर्ष पुरानो उक्त टुँडाल हस्तान्तरणको साक्षी बन्न पाउँदा खुसी लागेको मन्त्री वाट्सले व्यक्त गरे।
  • सन् २००० देखि अस्ट्रेलियाको आर्ट ग्यालरी अफ न्यु साउथ वेल्समा रहेको टुँडाल फर्काउन लामो समयदेखि अभियान जारी थियो।
आउँदो मे १६ मा अस्ट्रेलियाका विदेश मामिला सहायक मन्त्री टिम वाट्स नेपाल पुग्दैछन्।

सहायक मन्त्री वाट्सले एसबीएस नेपालीसँग कुरा गर्दै बङ्गलादेशको इन्डियन ओसियन कमिसन सम्मेलन पछि आफू नेपाल पुग्ने बताएका हुन्।

र योसँगै सन् १९८५ पछि नेपाल पुग्ने पहिलो अस्ट्रेलियाली सङ्घीय मन्त्रीका रूपमा पनि उनले एक इतिहास रच्ने छन्।

आर्ट ग्यालरी अफ न्यु साउथ वेल्सले नेपालको ऐतिहासिक सम्पदा फर्काउन गरेको निर्णयको स्वागत गर्दै, भ्रमणका क्रममा पाटन स्थित रत्नेश्वर मन्दिरबाट निकालिएको टुँडाल हस्तान्तरणको साक्षी बन्न पाउँदा खुसी लागेको पनि वाट्सको भनाई छ।
MICHELLE ROWLAND PRESSER
Assistant Minister for Foreign Affairs, Tim Watts, at Parliament House in Canberra. Source: AAP / MICK TSIKAS/AAPIMAGE
पाटनको सुलिमा टोल स्थित उक्त महादेव मन्दिरको टुँडाल विगत २० वर्षभन्दा लामो समयदेखि अस्ट्रेलियाको आर्ट ग्यालरी अफ न्यु साउथ वेल्समा रहेको बताउँदै उनले भने, “रत्नेश्वर मन्दिरबाट लिइएको टुँडाल फिर्तीको साक्षी बन्नु मेरो लागि सम्मानको कुरा हुनेछ।”।”

उक्त टुँडाललाई नेपाल फर्काउन लामो समयदेखि पहल जारी थियो।
Sulimanowm.png
The Ratneswor Mahadev Temple in Sulima Tole, Patan, in Kathmandu. Credit: AP Parajuli
सन् १९७० को दशकमा पाटनको पट्कोबाट चोरी गरिएको लक्ष्मी नारायणको मूर्ति सन् २०२१ को अन्त्यतिर अमेरिकाबाट नेपालबाटचोरी भएका अन्य कलाकृतिहरूलाई फिर्ता गरिनु पर्ने माग सहितका अभियान झनै सक्रिय बनेका छन्।

The rare stone statue of Laxmi-Narayan believed to be 800 years old was stolen in 1984 and later spotted at the Dallas Museum of Art. The US Federal Bureau of Investigation (FBI) handed over the statue to the Nepal embassy in Washington, USA, on 06 March
Devotees reinstall the stone statue of Laxmi-Narayan at a temple in Patan city, Nepal, 04 December 2021. Source: EPA
सन् १९८० को दशक तिरका अन्य कलाकृतिहरूसँगै हराएको मानिएको रत्नेश्वर मन्दिरको टुँडाल पनि अन्य पुरातात्विक महत्त्वका वस्तुहरू झैँ नेपालबाट अवैध रूपमा विदेश पुर्‍याइएको विश्वास छ।

सन् २००० मा उक्त टुँडाललाई न्यु साउथ वेल्सको सङ्ग्रहालयलाई पुरातात्विक महत्त्वका कलाकृतिमा रूचि भएका एक निजी सङ्ग्रहकर्ताको सम्पत्तिबाट दानमा प्राप्त भएको एसबीएस नेपालीको बुझाइ छ।
Sulima2large.png
The Ratneswor Mahadev Temple and surroundings in the present day in Sulima Tole in Patan, Kathmandu. Credit: AP Parajuli
त्यस काठको टुँडाललाई फिर्ता गर्ने सङ्ग्रहालयको "उत्तम र महत्त्वपूर्ण कदम"को सहयाक मन्त्री टिम वाट्सले प्रशंसा गरेका छन्।

"अस्ट्रेलिया एक आधुनिक र बहुसांस्कृतिक देश हो र विश्वका सबैभन्दा पुराना धर्महरू मध्य एकको घर हो," उनले एसबीएस नेपालीलाई बताए।
यो टुँडाल फिर्ता गर्ने कुराको समर्थन मार्फत, हामी अस्ट्रेलियामा हिन्दु धर्मले ल्याउने सांस्कृतिक र धार्मिक विविधताको प्रशंसा गर्न चाहन्छौँ।
अस्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्स
टुँडाल हस्तान्तरणको विषयमा टिप्पणीका लागि एसबीएस नेपालीले आर्ट ग्यालरी अफ न्यु साउथ वेल्सलाई सम्पर्क गरेको छ।
टिम वाट्ससँगको हाम्रो कुराकानी सुन्नुहोस्
Nepali_110523_TimWattsAMFA_radioedit image

एसबीएस नेपालीसँगको विशेष कुराकानीमा विदेश मामिलाका लागि सङ्घीय सहायक मन्त्री टिम वाट्सले दुई देश बिचको सम्बन्ध, सिधा हवाई सम्पर्कबाट अभिभावक, विद्यार्थी लगायत व्यापारमा हुन सक्ने फाइदा लगायत अस्ट्रेलियाले नेपाललाई आगामी दिनमा कसरी हेर्नेछ भन्ने बारे सङ्केत गरेका छन्।

13:02

Share
Published 12 May 2023 7:07pm
Updated 14 May 2023 11:00am
By Abhas Parajuli
Source: SBS


Share this with family and friends