पाटनको रत्नेश्वर मन्दिरको टुँडाल न्यु साउथ वेल्सबाट फर्काउने पहल जारी

Sulima Square Patan Ratneshwar Temple Nepal Kathmandu

Ratneshwar Temple Nepal Kathmandu and comparison of "Tundal" while installed at the temple and in an Australian Musuem. Source: Lost Arts of Nepal / Facebook

नेपाललाई गत हप्ता अमेरिकाले केही दशक अघि चोरिएका मूर्तिहरू फिर्ता गरे लगत्तै अहिले धेरै नेपालीको ध्यान अस्ट्रेलियाको न्यु साउथ वेल्स कला सङ्ग्रहालयमा रहेको पाटनको रत्नेश्वर मन्दिरबाट हराएको देवीको मूर्ति खोपिएको टुँडालमा पर्न गएको छ।


टुँडाललाई नेपाल फर्काउन २० वर्षदेखि कूटनीतिक पहल भए पनि अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन।

झन्डै ८०० वर्ष पुरानो यस मन्दिरको परिसरको बारेमा वास्तुकला इतिहासविद् मेरी सेफर्ड स्लसरले सन् १९८२ मा पहिलो पटक अन्तर्राष्ट्रिय समुदायमाझ ध्यानाकर्षण गराउँदा यसका टुँडालहरू हराएको कुरा सार्वजनिक भएको थियो।

सिड्नीको कला सङ्ग्रहालयमा रहेको यस टुँडाल पाटनको सुलीमा स्क्वेर स्थित यस मन्दिरबाट सन् १९८० मा हराएको स्थानीयहरूको भनाई छ।

त्यसपछि चोरी पैठारी भएका अन्य मूर्ति झैँ नेपालबाट अवैध रूपमा विदेश पुर्‍याइएको थियो।

सन् २००० मा यसै टुँडाललाई एलेक्स वियनकार्डी इस्टेटले उक्त सङ्ग्रहालयलाई दान दिएको बताइएको छ।

नेपालमा १९७० को दशक यता हिप्पी समुदायका मानिसहरू धरै आवतजावत गरेको बेलादेखि मूर्तिकलाहरू हराएको रेकर्ड धेरै छ।
lost arts of nepal
Source: लस्ट आर्ट्स अफ नेपाल फेसबुक
यस्ता मूर्तिकलाहरू आजको दिनमा पनि हराइरहेका छन्।

यस मूर्ति तथा अन्य यस्ता मूर्तिहरूलाई देशमा फिर्ता गर्नको लागि सरकारले के-कस्ता कदमहरू चालिरहेको छ भन्ने विषयमा पुरातात्त्विक विभागका महानिर्देशक दामोदर गौतम भन्छन्, "देशबाट बाहिरिएका यस्ता मूर्तिहरूको सन्दर्भमा हामीले हाम्रो हो भनेर प्रमाण तैयार पारिसकेपछि त्यसलाई मन्त्रालयबाट परराष्ट्र र त्यहाँदेखि कूटनीतिक तहबाट त्यस मुलुकको सम्बन्धित निकाय समक्ष पेस गर्छौँ।
"यसको साथ-साथै इन्टरपोलको माध्यमबाट पनि हाम्रो सम्पदा हुन् भनेर प्रमाणीकरण गर्ने प्रयत्न गर्छौँ।”
सन् १९७० मा युनेस्को सम्मेलनमा गरिएको महासन्धि अनुसार नेपालले पनि अन्य १४१ सदस्य मुलुक झैँ आफ्नो अधिकार प्रयोग गरेर आफ्नो देशबाट हराएर अर्को मुलुकमा भेटिएको आफ्नो सांस्कृतिक सम्पदालाई फिर्ता ल्याउन सक्छ।

यसको निम्ति आधिकारिक प्रमाण भने जरुरी हुन्छ।

विभिन्न विज्ञहरूको अनुसन्धान र प्रकाशित किताब तथा रिपोर्टको आधारमा पनि यसरी विदेशमा भेटिएको राष्ट्रिय सम्पदाको हक दाबी गर्न सकिने गौतम बताउँछन्।
lost arts of nepal
Source: लस्ट आर्ट्स अफ नेपाल फेसबुक
उनको अनुसार सन् १९६० देखि १९८० सम्म नेपालबाट यस्ता धेरै मूर्तिहरू चोरी भएका थिए।

यी मूर्ति तथा कलात्मक आकृतिहरू संसारका विभिन्न सङ्ग्रहालयमा देखा परेको भएता पनि त्यसको हकमा कानुनी प्रमाण नभएर सरकार धेरै ठाउँमा नतमस्तक भएको देखिन्छ।

पछिल्लो समयमा फेसबुकमा रहेको पेज ‘’ ले संसारभरि छरिइएका नेपाली मूर्तिकलाहरूको फोटो सहित थप जानकारी गराउने कार्य गरिरहेको छ।

यस्ता जानकारी तथा अन्य प्रमाणका साथ-साथ सरकारले अझै पनि प्रतिबद्ध रूपमा कूटनैतिक पहल गर्नुपर्ने जरुरी देखिएको छ।
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।

Share