अस्ट्रेलियामा बसोबास : निशुल्क कानूनी सहायता कसरी पाउने?

अस्ट्रेलियामा ट्राफिक जरिवाना देखि पारिवारिक संकट लगायतका मामिलाहरुमा निशुल्क कानूनी सहायता पाउन सकिन्छ।

Legal Aid

Legal Aid Source: Getty Images

कानूनी समस्या परे मेरो सहयोग कसले गर्न सक्छ?

Victoria Legal Aid
Source: Victoria Legal Aid via Facebook


 

अस्ट्रेलियामा रहेकाछन् - प्रत्येक राज्य र प्रदेशमा एक। कमजोर र विपन्न अवस्थामा रहेका देखि अस्ट्रेलियामा नयाँ आएका आप्रवासी लगायत सबै अस्ट्रेलियालीहरुलाई न्याय र निशुल्क कानूनी सहायता उपलब्ध गराउने उक्त आयोगको जिम्मा रहेको छ। आयोगले आपराधिक, पारिवारिक र सार्वजनिक मामिलाहरुमा कानुनी सहायता प्रदान गर्दछ। 


मलाई अदालत जानुपरे के हुन्छ?

Law courts
Source: NSW Department of Justice


यदि तपाईंलाई कानुनी सल्लाह भन्दा थप सहयोगको आवश्यकता छ भने, तपाईंको मुद्दामा मदत गर्न तपाईंलाई एक वकीलको पनि प्रदान गर्न सकिन्छ। तर अदालतमा वकिलको उपस्थिति मानिसहरुको र जसको मतलब वकीलको खर्च निशुल्क नरहने सम्भावना पनि रहन्छ। 

उदाहरणका लागि , न्यू साउथ वेल्समा तपाईंले पाउन सक्नुहुनेछ तर उक्त सहयोग तपाईंको कानूनी समस्या र तपाईंको आर्थिक स्थिति माथि निर्भर रहने छ। 

मैले अरु कहाँ बाट कानूनी सहायता पाउन सक्नेछु?

तपाईंको प्रयोगका लागि विभिन्न निशुल्क सेवाहरु उपलब्ध रहेका छन्:

पनि लिगल एड अन्तर्गत नरहेका मामिलाहरुका लागि निशुल्क कानूनी सल्लाह प्रदान गर्न सक्दछ। 

भिसा आवेदन र अपील लगायतका अध्यागमन कानूनका विभिन्न बिषयहरु बारे सल्लाह प्रदान गर्दछ।

तपाईंको राज्य वा प्रदेशमा रहेका माइग्रेन्ट रिसोर्स केन्द्र द्वारा आप्रवासी, शरणार्थी र मानवीय भिसाका साथ् अस्ट्रेलिया आएका हरुलाई बसोबास सहयोग र जानकारीहरु प्रदान गरिन्छ। उक्त केन्द्रबारे थप जानकारी निम्न सुचीमा पाउन सकिन्छ:

अस्ट्रेलियाका विभिन्न हरुमा पनि कानूनी जानकारी प्रयोग गर्न मिल्ने केन्द्रहरु रहेकाछन्।

तपाईंले निशुल्क कानूनी सल्लाह फोन मार्फत वा प्रतक्ष्य रूपमा पनि पाउन सक्नुहुन्छ। यदि तपाईंलाई को सहयोग चाहिन्छ भने लाइ १३१ ४५० मा फोन गर्नुहोस्।   


आफ्नो राज्य र प्रदेशमा रहेका बारे थप जानकारीका लागि हेर्नुहोस्



Share
Published 30 March 2017 4:06pm
Updated 12 August 2022 3:59pm
By Rajish Aryal, Ildiko Dauba


Share this with family and friends