कोभिड-१९: प्रधानमन्त्रीद्वारा व्यावसायिक घर भाडाबारे नयाँ आचार संहिता घोषणा

प्रधानमन्त्रीले व्यावसायिक घर भाडा बारे एक नयाँ आचार संहिताको घोषणा मङ्गलवार दिउसो राजधानी क्यानबेरामा गरेका छन्।

A man walks past a sign saying Stop the Rent on King Street in Newtown in Sydney, 23 March 2020.

A man walks past a sign saying Stop the Rent on King Street in Newtown in Sydney, 23 March 2020. Source: AAP

मुख्य बुँदाहरू:

  • आचार संहिता अनिवार्य रूपमा पालना गर्नुपर्नेछ
  • घरधनी वा भाडावाल मध्ये एक जबकीपर भत्ताका लागि योग्य ठहर हुनुपर्नेछ
  • भाडावाल व्यवसायीको कारोबार पाँच करोड डलर वा सो भन्दा कमको हुनुपर्नेछ
  • घरधनीले वा भाडावालले घर भाडा सम्झौता तोड्न सक्ने छैनन्
  • घरधनीले धरौटी जफत गर्न सक्ने छैनन्
  • आवासीय घर भाडाको हकमा छुट्टै घोषणा आउँदा दिनमा हुने


कोरोनाभाइरस सङ्क्रमणका कारण आर्थिक कारोबार ठप्प भएको दौरानमा साना तथा मझौला व्यापारीहरूले कम घर भाडा तिरे पनि उनीहरू र घरधनी बिचको सम्झौता उल्लङ्घन हुन नदिन उक्त नयाँ आचार संहिता प्रधानमन्त्री स्कट मरिसनले घोषणा गरेका हुन्।

प्रधानमन्त्रीका अनुसार, राज्य तथा प्रादेशिक सरकारहरूले आ-आफ्ना क्षेत्राधिकारमा रहेका घरधनीहरूले भाडा घटाउनै पर्ने गरी उक्त आचार संहिता अनुरूपको कानुन बनाएर लागू गर्नेछन्।

आफूकहाँ भाडामा बसेका व्यापार व्यवसाय चलाउने मानिसहरूको व्यावसायिक घर भाडा, उनीहरूको व्यापारमा आएको मन्दीको समानुपातिक रूपमा घटाउन नयाँ बन्ने कानूनले मार्ग प्रशस्त गर्नेछ।

“यसले घर भाडा सम्झौतालाई संरक्षण गर्नेछ, सम्बन्ध संरक्षण गर्नेछ, यसले भाडावाललाई भाडा तिरिरहेको भवनमा आफ्नो व्यापार व्यवसाय राख्न मद्दत गर्नेछ,”राष्ट्रिय क्याबिनेट बैठकमा भएको छलफल पछि पत्रकारहरूसँग बोल्दै स्कट मरिसनले भने।
Australian Prime Minister Scott Morrison says the government's coronavirus modelling "proves up the theory of flattening the curve".
Australian Prime Minister Scott Morrison says the government's coronavirus modelling "proves up the theory of flattening the curve". Source: AAP
व्यावसायिक रूपमा घर भाडा घटाउन घरधनीहरूले भाडा दरमा छुट र स्थगनको बाटो लिनुपर्ने उक्त आचार संहितामा उल्लेख छ।

हाललाई यो सुविधा जबकीपर कार्यक्रमका लागि योग्य ठहरिएका र पाँच करोड डलर वा सो भन्दा कमको कारोबार गर्ने भाडावालहरूलाई लागू हुनेछ र राज्य तथा प्रादेशिक सरकारहरूले यसका लागि एक बाध्यात्मक मध्यस्थता कार्यविधि तर्जुमा गर्ने पनि बताइएको छ।

आवासीय घर भाडाको हकमा पनि राज्य तथा प्रादेशिक सरकारहरूले आ-आफ्नो क्षेत्राधिकारमा छुट्टा-छुट्टै व्यवस्था गरेर आउँदा दिनहरूमा त्यस बारे उनीहरूले थप जानकारी सार्वजनिक गर्ने पनि प्रधानमन्त्री स्कट मरिसनको भनाइ छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि  जानुहोस्।


Share
Published 7 April 2020 3:47pm
Updated 9 April 2020 10:02am


Share this with family and friends