अस्ट्रेलियाभर समग्र रुपमा घरको भाउ १०.६ प्रतिशतले बढ्यो

Housing and Construction

Source: Corbis News

Get the SBS Audio app

Other ways to listen

पछिल्लो समय अस्ट्रेलियाका अधिकांस स्थानमा घर जग्गाको भाउ बढेको देखिएको छ । सार्वजनिक भएको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने समग्रमा घरको भाउमा १० दशमलव ६ प्रतिशतले वृद्धि देखिएको छ ।


किरन म्यानीन गएको एक दशक देखि आफ्नो निजी घर खरिदको सपना पुरा गर्न पैसा बचत गरिरहेकी थिइन् ।

यस पटक आमा बाबाको आर्थिक सहयोग पछि सिड्नीमा रहेको एक अपार्टमेन्ट साँचो लिन उनी सफल भइन् ।

पछिल्लो समय आकासिएको घरजग्गाका को भाउ छिचोल्न मुस्किल परेकाहरू मध्ये केइरन मात्रै एक मात्र पात्र भने होईनन् ।

कोर लजीकका अनुसार हरेक सहरमा कम्तीमा पनि एक प्रतिशतका दरले घरको भाउ बढेको छ ।

उक्त संस्थाका अनुसन्धान निर्देशक टिम ललेस भन्छन् माग र आपूर्तिका बिच सन्तुलन मिलेको छैन ।
House Prices
Source: AAP
सबैभन्दा कम भाउ बढेको पर्थमा हो,जहाँ एक दशमलव एक प्रतिशतले मात्र घरको भाउ बढेको छ ।

यता टास्मेनियाली सहर होर्वटमा तिन दशमलव २ र सिड्नीमा ३ प्रतिशतको वृद्धि देखिएको छ ।

सिड्नीमा पछिल्लो ३२ वर्षमा यसरी घरको भाउले छलाङ मारेको यो दोस्रो मौका हो ।

अझ डार्बिनको अवस्था हेर्न हो भने यो वर्षको मे महिना सम्ममा घरको भाउ २० दशमलव ३ प्रतिशतले बढेको छ,र यो एक वर्षमा रेकर्ड गरिएको सबैभन्दा ठुलो वृद्धि हो ।

रिजर्भ बैकको ब्याजदर ऐतिहासिक रूपमा शून्य दशमलव १ प्रतिशतमा रहनुले बैकहरूलाई कम ब्याजदरमा ऋण प्रवाह गर्न सजिलो भएको छ

तर यस्ता चेतावनीहरू दिइएका छन् कि यो दर रेटमा चाडै परिवर्तन आउन सक्छ ।
The Australian Securities and Investments Commission's guidelines
If you deferred your home loan repayments due to the impacts of COVID-19, find out more about what that means for you. Source: Pixabay
मोजो नामक वित्त संस्थाका पिटर मार्च भन्छन् “हामी यो अनुमान लगाईरहेका छौ कि बैकहरूले बिशेषगरी दीर्घकालीन अवधिका लागि दररेटलाई बढाउनेछन् ”

यता घरजग्गा खरिदका लागि ऋण मिलाइदिने प्लेटफर्म लेन्डी ग्रुपका प्रमुख डेभिड हेम्यानका अनुसार खरिदकर्ताहरू सस्तो मूल्य खोज्दै सहरबाट टाढा जादैछन् ।

कोर लजीकको घरको भाउको सुचीमा मे महिनामा मात्र दुई दशमलव दुई प्रतिशतको वृद्धि देखिएको छ ।

जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो ।

यो सँगै पछिल्लो समय निजी आवास निर्माणका लागि अनुमति दिने गतिमा पनि वृद्धि देखिएको छ ।


Share