परम्परागत नेपाली संगीतको संरक्षण गर्नु जरुरी छ: गायक दीपक बज्रचार्य

Nepali Singer Deepak Bajracharya

Nepali Singer Deepak Bajracharya Source: Supplied

Get the SBS Audio app

Other ways to listen

गायक दीपक बज्रचार्य ‘रिदम’ नामक परम्परागत सांगीतिक ब्याण्डमा आवद्ध छन् । उनले २०४७ सालमा ‘छोडी गयौं प्रिय’ बोलको गीतबाट नेपाल संगीतको यात्रा सुरु गरेका थिए । ‘काली काली’, ‘ओ अमिरा’, ‘बितिसकेपछि फर्केर आउँदैन’, ‘मायाको डोरीले’ र ‘झुमी झुमी’ लगायत उनका गीतहरु चर्चामा छन् । आफ्ना सांगीतिक यात्राबारे उनले एसबिएस नेपालीसँग गरेको कुराकानी


१. ‘रिदम’ नामक परम्परागत ब्याण्डमा आवद्ध तपाई केमा व्यस्त भइरहनु भएको छ ?

परम्परागत नेपाली धुनहरुलाई फ्युजन गराएर गीत संगीत तयार पार्न लागिपरेको छु । त्यसबाहेक नयाँ म्युजिक भिडियोको काम भइरहेको छ । नेपाली संगीतमा व्यस्त भइरहेको छु ।

२. नेपाली कलाकारहरु विदेशी कन्सर्ट भनेपछि भुतुक्कै हुन्ने अवस्थामा तपाई परम्परागत धुनहरुलाई ब्याण्डमार्फत जोगाउन लागि पर्नुको कारणचाँहि केही छन् ?

सुरुमा रहर हुन्थ्यो विदेशमा हुने कन्सर्टमा सहभगि हुन् । अधिकांश देशहर भ्रमणपनि गरें । गीत सुन्न आउने दर्शक श्रोताहरुले नेपाली गीतमा नेपालीपन नभएको यथार्थ सुनाए । अहिले भने हामीपछिको पुस्ताकालागि भनेर नेपाली परम्परागत संगीतलाई फ्युजन गराउन केन्द्रित भएको छु । यस्ता संगीत बोकेर विदेशमा आयोजना हुने कन्सर्टमा पुग्दा सकारात्मक प्रतिक्रिया पाइरहेका छौं ।

३.ब्याण्डमा आवद्ध भएपछि आफ्नो विधाचाँहि छाड्नुभएको हो ?
मेरो व्यक्तिगत विधा छाडेको भने छैन् । अहिले सबै खालका परम्परागत वाद्यवादनहरुको प्रयोग गरेर धुनहरुलाई तयार गरेर नयाँ संगीत उत्पादन गरेका हौं ।

४. तपाईले नेपाली संगीतको स्थिति कस्तो पाउने भएको छ ?

अहिले संगीतको बजारनै फरक शैलीले गइरहेको महशुस गरेको छु । युट्युवले गीत सुन्नेमा नभर हेर्नुपर्छ भन्ने संस्कृतिको विकास गरिदिएको छ। तुलनात्मक रुपमा नेपाली संगीतको दर्शक र श्रोताहर बढेकोजस्तो लागेको छ ।

५. तपाईले तयार गरेको डकुमेन्ट्री कहिलेसम्ममा हेर्न पाइने हो ?
डकुमेन्टीमको काम सिध्याइसकेका छौं । नेपालबाहेक अन्य केही देशमा देखाइसकेको छौं। सम्भवतः युट्युवमार्फत सार्वजनिक गछौं होला ।

६.संगीतमा नयाँपन दिन कतिको केन्द्रित हुने गर्नुभएको छ ?

हरेक पटक नयाँपन दिने कोशिसमा हुन्छु । नयाँ आउन लागेका म्युजिक भिडियोमा नेपालमा रहेको परम्परागत संस्कृति झल्काउने नेवारीदेखि तराईका विभिन्न क्षेत्रका साँस्कृतिक पक्षलाई समेट्ने प्रयास गरेका छौं ।

७.तपाईको गीत नसुनेका नयाँ पुस्तालाई कसरी प्रोत्साहित गरिरहनु भएको छ ?

पप म्युजिकमा काम गरिरहेपनि परम्परागत नेपाली धुनलाई प्राथमिकता दिएको छु । यसले पक्कैपनि उनीहरुलाई नेपाली परम्परागत धुन बुझ्न सहयोग गरिरहेको छ ।

८. अहिले नेपाली संगीतमा लागेर बाँच्न सकिन्छ?

नेपालममा बसेर संगीतमा लागेर करोडपति बन्छु भन्नचाँहि नमिल्ला । पहिलाको तुलनामा अहिले संगीतमा लागेर बाँच्न सकिने अवस्था छ । संगीतमा लागेर बाँच्नै सकिन्न भन्ने कुराचाँहि गलत हो । म संगीतमा लागेर परिवार पालिरहेको छु । जिन्दगीमा सन्तुष्ट हुन जान्नुपर्छ । संगीतमा लागेर मचाँहि सन्तुष्ट छु ।

९. अवको १० वर्षमा नेपाली संगीतको स्थिति कस्तो हुन्छजस्तो लाग्छ ?

नेपाली संगीतको भविष्य राम्रो देखेको छु । अवचाँहि केही वर्षभित्र नेपाली संगीतले ठूलै फड्को मार्छ भन्नेमा आशावादी छु । राम्रो संगीत उत्पादन गर्न सकियो भने अन्तराष्ट्रिस्तरमा सफलता हासिल गर्न सकिन्छ ।


Share