गायक घिसिङ रिहा र महरामाथीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा: गए ७ दिन नेपालमा

VTEN aka Samir Ghising

VTEN aka Samir Ghising Source: Facebook

Get the SBS Audio app

Other ways to listen

समाजमा अश्लीलता फैलाएको र अभद्र व्यवहार गरेको भन्दै पक्राउ परेका गायक समिर घिसिङ्लाई प्रहरी द्वारा रिहा र बलात्कारको प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्ण बहादुर महरा माथिको अनुसन्धान प्रतिवेदन प्रहरीले शुक्रवार सरकारी वकिलको कार्यालयमा बुझायो। गए ७ दिनमा नेपालमा अरु के के भए त? पूरा रिपोर्ट यहाँ सुन्नुहोस्।


गायक घिसिङ रिहा

गायक समिर घिसिङ् शुक्रवार रिहा भएका छन्। समाजमा अश्लीलता फैलाएको र अभद्र व्यवहार गरेको भन्दै उनलाई प्रहरीले बिहिवार पक्राउ गरेको थियो।

'हामी यस्तै त होनी ब्रो…' बोलको गीतमा प्रयोग भएका शब्द र सामाजिक सञ्जाल फेसबुकमा राखिएका तस्वीरलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको थियो।

घिसिङ्को बुवाको जमानीमा महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई रिहा गरेको हो।उनलाई बुधबार उपस्थित हुने सर्तमा रिहा गरिएको बताइएको छ।

केहि दिनअघि गायक दुर्गेश थापलाई तिहारको मौलिकता भङ्ग गर्ने र सामाजिक सहिष्णुता खलबल्याउने गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। तर पछि उनी रिहा भएका थिए।

दुवै गायकका एक-एक गीत युट्युब लगायत सामाजिक सञ्जालबाट हटाउन लगाइएको छ।

महरामाथीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

बलात्कारको प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्ण बहादुर महरा माथिको अनुसन्धान प्रतिवेदन प्रहरीले शुक्रवार सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

प्रहरी प्रतिवेदन थप अध्ययन गरेर सरकारी वकिल कार्यालयल् उनी विरुद्ध मुद्धा चलाउने वा नचलाउने टुङ्गोमा पुग्ने छ। महानगरीय प्रहरी परिसर काठमाण्डूले २० दिन लगाएर उक्त प्रतिवेदन तयार पारेको हो।

प्रहरीले बिहिबार महरामाथि अनुसन्धानका लागि अदालतबाट थप ७ दिनको अनुमति मागेको थियो।

संसद सचिवालयको एक जना कर्मचारी माथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले उनलाई केहि साता अघि प्रकाउ गरेको थियो।
Krishna Bahadur Mahara taken to district attorney office in Kathmandu on October 15, 2019
Krishna Bahadur Mahara taken to district attorney office in Kathmandu on October 15, 2019 Source: EPA/ Narendra Shrestha/ AAP

सगरमाथाको उचाइ संयुक्त घोषणा बारे नापी विभाग बेखबर

चिनियाँ राष्ट्रपति सी जन्पिङको नेपाल भ्रमणका बेला जारी संयुक्त विज्ञप्तिमा नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्त घोषणा गर्ने उल्लेख छ। तर यस बारे ‍हालसम्म औपचारिक जानकारी नपाएको नापी विभागले जनाएको छ।

नेपालले आफ्नै पहलमा पहिलो पटक सगरमाथाको उचाइ मापन गरिरहेको छ र त्यसको नेतृत्व लिइरहेको नापी विभागले अबको केहि महिनामा यो कार्य सकिने बताएको छ।

"करिब १० प्रतिशत काम बाँकी छ। सबै काम चैतसम्ममा सकिने गरी अघी बढि रहेको छ," नापी विभागका महानिर्देशक प्रकाश जोशीले भने।

सरगमाथाको उचाई नेपाल र चीनले संयुक्त रुपमा घोषणा गर्ने भनीएको छ।

तर नेपालले आफैं मापन गरि रहेको अवस्थामा त्यो कसरी गरिनेछ भन्ने प्रश्नको जवाफमा उनले भने, "हामीलाई औपचारीक जानकारी आएको छैन। औपचारीक जानकारी आएपछिमात्र यसबारे केहि भन्न सकिनेछ।"

यसअघि नेपाल आफैंले सगरमाथाको मापन गरेको छैन। सन् १९५० को दशकतिर भारतको सक्रियतामा सगरमाथाको पहिलोपटक मापन गरिएको थियो।

डुइङ बिजनेशमा नेपालको सुधार

विश्व ब्याङ्कले वर्षेनी सार्वजनिक गर्ने डुइङ बिजनेश प्रतिवेदनमा नेपालले सुधार गरेको छ। कुनै पनि राष्ट्रमा व्यापार, लगानी गर्नका लागि कस्तो वातावरण छ भन्ने विषयमा उक्त प्रतिवेदनले १० वटा पाटा केलाउने गर्दछ।

गत वर्ष ११० स्थानमा रहेको नेपाल यस वर्ष ९४ स्थानमा उक्लेको छ।

अघिल्लो वर्ष नेपाल १०६औं स्थानबाट तल झरेर ११०मा पुगेको थियो र त्यसबारे अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए। यस पटक भने उनी निकै उत्साहित देखिएका छन्।

शुक्रवार विश्व ब्याङ्कले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस प्रकारको प्रतिवेदनले हौसला बढाएको बताए।

"बाँकी रहेका अन्य केहि समस्यालाई अर्को वर्षसम्म धेरै सुधार गर्दे लगिने छ र अब आउने प्रतिवेदनमा हामी यो भन्दा राम्रो स्थानमा उक्लने छौं," अर्थमन्त्री खतिवडाले भने। नेपालले १० मध्ये पाँच सूचाकंमा सुधार गरेको छ भने ३ वटामा तल झरेको छ र बाँकी दुईमा भने स्थिर रहेको छ।
Nepal's Finance Minister Yubaraj Khatiwada.
Nepal's Finance Minister Yubaraj Khatiwada. Source: Facebook

एन्फलाई ठूलो जरिवाना

एसियाली फुटबल महासंघ (एफसी)को अनुशासन तथा आचार संहिता समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि १० हजार अमेरिकी डलर जरिवाना लगाएको छ।

गत बुधाबार बसेको समितिको बैठकले एन्फाले एफसी क्लब लाइसेन्स रेगुलेसन बिपरित काम गरेको ठहर गर्दृ जरिवाना लिने निर्णय गरेको यो।

एन्फलाले मापदण्ड नपुगेका क्लबलाई एफसी लाइसेन्स दिएको समितिको ठहर छ। एन्फाले आफ्नो गल्ली नसच्याए ३५ हजार डलर जरिवाना गर्ने चेतावनी उसले दिएको छ।

गत सिजन मनाङ मर्स्याङ्दी क्लबले लिग च्याम्पियनको हैसियतले नेपालको तर्फबाट एफसी कप २०१९ खेलेको थियो र समूह चरणबाटै बाहिरीएको थियो।

एफसी क्लबको लाइसेन्स पाउन त्यो क्लबको आफ्नै मैदान, एकेडेमी, उमेर समूहको टिम, टिमका लागि छुट्टे चिकित्सक, मिडिया हर्ने व्यक्ति जस्ता मापदण्ड पालना गर्नु पर्ने हुन्छ।

तर एन्फाले यस्ता मापदण्ड नपुगेको मनाङलाई लाइसेन्स दिएको एफसीको ठहर छ।

पशुपति आर्यघाटका कामदारको आन्दोलन फिर्ता

सुविधावृद्धि हुने भएपछि पशुपति आर्यघाटमा शवदाह गर्ने कामदारहरूले आफ्नो आन्दोलन फिर्ता लिएका छन्। उनीहरूले सेवा सुविधा वढाउने माग राख्दे बुधबार बिहान देखि आफ्नो काम ठप्प पारेका थिए।

उनीहरूले शव जलाउने, दाउरा बोक्ने, खाल्डो खन्ने लगायतका काम बन्द गरेका थिए।

त्यस लगत्तै आन्दोलनरत कामदार र कोषबीच वार्ता भएको थियो। सेवा सुविधा बढाउने सहमति भएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका कोषका सदस्य सचिव प्रदीप ढकालकले बताए।


Share