न्युड आर्टलाई बुझ्ने तरिका गलत छ: क्युरेटर रोशन मिश्र

Art director Roshan Mishra speaking to SBS Nepali

Art director Roshan Mishra speaking to SBS Nepali Source: Supplied

Get the SBS Audio app

Other ways to listen

तारागाँउ म्युजियमका निर्देशक रोशन मिश्र, कन्टेम्प्रोरी आर्टलाई स्थापित गराउन लागि परेका छन् ।उनले गत फेब्रेवरीमा कलाकार कपिलमणि दीक्षितसँग सहकार्य गरेर न्युड आर्ट प्रदर्शन गरिसकेका छन्। यसै सन्दर्भमा रहेर उनीसँग नेपाली आर्ट, म्युजियम र ग्यालरीबारे एसबिएस नेपालीले गरेको कुराकानी ।


रोशन मिश्रसँगको हाम्रो पूरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्
१) तारागाँउ म्युजियमका निर्देशकको रुपमा विभिन्न गतिविधि गरिरहँदा नेपाली समाजले आर्टलाई कसरी बुझेको पाउनुभयो ?
सुरुमा यसलाई आर्किटेक्चर म्युजियसको रुपमा स्थापना गरिएको थियो । मैले कन्टेम्प्रोरी आर्ट म्युजियम भनेर सुरु गर्दा बुझाई फरक थियो । अहिले आर्टसम्बन्धी विभिन्न गतिविधि हुने गरेका छन् । यसले गर्दा आर्टमा रुचि राख्ने मानिसहरुको संख्या बढी रहेको छ ।

नेपालमा आर्टसम्बन्धी प्रदान गरिने शिक्षाका कारण दक्षिण एसियामासम्म सीमित हुनुपरेको छ । युरोप र अमेरिकासम्म पुग्ने कुरा निकै टाढाको भइसक्यो ।
आर्टको प्रवद्धनको लागि स्थापित सरकारी संस्था नेपाल एकेडेमी अफ फाइन आर्ट (नाफा)ले कलाकारको संवृद्धिको लागि कामै गर्न सकेन्।
२) चार वर्षअघि तारागाँउ म्युजियम साँच्चिकै आवश्यक भएर स्थापित गरिएको थियो ?
तारागाँउ म्युजियममा सुरुदेखि आवद्ध भएर काम गरें । यसलाई तारागाँउ रिजेन्सी होटेल्स्ले संञ्चालन गर्छ । सारा फाउन्डेसनले यसलाई सहयोग गरिरहेको छ ।

यस म्युजियमका निर्देशकको रुपमा आवद्ध भएर आर्टको प्रवद्धनको लागि काम गरिरहेको छु । सरकारले आर्टसम्बन्धी राम्रा गतिविधिलाई जोड दिन नसक्दा निजी म्युजियम र ग्यालरीहरुले काम गर्नुपर्ने अवस्था आएको छ ।

३) आर्टको गतिविधि सरकारी स्तरमा हुन नसकेर निजी रुपमा हुनुको कारण के होला ?
आर्टको प्रवद्धनको लागि स्थापित सरकारी संस्था नेपाल एकेडेमी अफ फाइन आर्ट (नाफा)ले कहिल्यै नयाँ पुस्ताका कलाकारहरुको कामलाई प्रोत्साहन गर्नै सकेन् ।

राजनैतिक नियुक्तिबाट आएका मानिसले आर्टलाई बुझ्ने भन्दा यसलाई राजनैतिक गर्ने थलो बनाएका छन् । त्यसैले निजी म्युजियम र ग्यालरीहरुले आर्ट र कलाकारलाई प्रोत्साहित गरेर काम गरिरहेका छन् ।

४) निजी आर्ट ग्यालरी वा म्युजियमहरु केही कलाकारबाहेक बाँकीलाई वेवास्ता गरियो भन्ने गुनासोहरु किन आउने गर्छन्?
यो जुनै क्षेत्रमा देखिन्छ । नेपाल एकेडेमी अफ फाइन आर्टले विदेशमा आयोजित कार्यक्रममा सहभागि हुन जाँदा राम्रा कलाकारलाई कहिल्यै अवसर दिएको छैन् ।
सरकारी संस्थाको तुलनामा निजी आर्ट ग्यालरीसँग सीमित स्रोत हुन्छन् । सबैलाई समेट्ने कोशिस गरिरहेका छौं ।
५) तपाईलाई पारिवारिक पृष्ठभूमिले आर्टमा सक्रिय हुन कत्तिको प्रोत्साहित गर्यो ?
बुबा मनोजबाबु मिश्रको छोरा भनेर सबैले चिनेपनि हाम्रो काम एकदम फरक छन् । फेरि कलाकार भएकाले पारिवारिक नाम जोडिनु स्वभाविक हो । मैले प्रयोग गर्ने कलरहरु बुबाको आर्टबाट प्रेरित हुने गरेको छ ।

सानैदेखि घरमा चित्र कोर्ने माहोलले गर्दा पनि यसमा करियर बनाउनेमा जोड दिएको थिए ।
Nepali artist Kapil Mani Dixit with his artwork
Nepali artist Kapil Mani Dixit with his artwork Source: Facebook
६) नेपालमा न्युड आर्टलाई स्थापित गर्न लागि पर्नुभएको छ । कस्ता खालका प्रतिक्रियाहरु पाइरहनु भएको छ ?
न्युड आर्टलाई भन्ना साथ कलाकारहरुनै असहज महसुश गर्छन् । यसलाई आर्ट भनेर बिस्तारै बुझ्न थालिएको छ । आर्ट विधाहरु नबुझेसम्म समाजलाई बुझ्न सकिन्न् ।
हामी न्युड आर्टभित्रको कलाकारितामा केन्द्रित हुन सक्नुपर्छ । मैले र कपिलमणि दीक्षितले फेब्रेवरीले न्युड आर्ट प्रदर्शनी गरेका थियौं । त्यसमा हामीले सकारात्मक प्रतिक्रिया पाएका थियौं ।
७) आगामी दिनमा तारागाँउ म्युजियमले कस्ता खालमा आर्टसम्बन्धी गतिविधिलाई प्राथमिकता दिनेछ ?
तारागाँउ म्युजियमलाई कन्टेम्प्रोरी आर्ट केन्द्रको रुपमा स्थापना गरेका छौं । त्यसैले विभिन्न विधामा काम गर्ने कलाकारहरु समावेश गर्न लागि परेका छौं। अहिले हामीसँग ३५ कलाकारहरु छन् ।

उनीहरुले स्थायी रुपमा आर्ट सम्बन्धी काम गर्न म्युजियम प्रयोग गर्न दिएका छौं । त्यस्तै आर्टिस्ट स्टूडियो भनेर एक महिनासम्म निःशुल्क रुपमा काम गर्न सक्ने ठाँउ दिएका छौं । कन्टेम्प्रोरी आर्टमा काम गरिरहेका कलाकारहरुलाई प्रोत्साहन गर्ने गतिविधिहरुलाई प्राथमिकता दिनेछौं ।


Share