मोटोपना: के हामीले स्वास्थ्यकर खाना खाइरहेका छौ?

Increasing temperatures could lead to higher rates of obesity.

Increasing temperatures could lead to higher rates of obesity. Source: AAP

Get the SBS Audio app

Other ways to listen

मानिसहरूको आहारमा सुधार गर्न र मोटोपना कम गर्न विश्वव्यापी रूपमा सिफारिस भएका नीतिहरू कार्यान्वयन गर्न सङ्घीय सरकारले न्यून प्रगति गरेको एक अध्ययनले देखाएको छ।


अस्ट्रेलियामा बसोबास गर्ने अधिकांस मानिसहरूले स्वस्थ खाना खानमा ध्यान नदिँदा मोटोपन लगायत अन्य रोगको सिकार बनिरहेको एक अध्ययनले देखाएको छ।

अस्ट्रेलियाका करिब २ करोड ३० लाख मानिसले स्वस्थ खाना नखाइरहेको र परिणाम स्वरूप मानिसहरूमा मोटोपनाको समस्या बढ्दै गइरहेको अध्ययनको भनाई छ।

विश्वव्यापी रूपमा सिफारिस गरिएका नीतिहरूको सङ्घीय, राज्य र प्रादेशिक रूपमा कार्यान्वयन कसरी भइरहेको छ भनेर मूल्याङ्कन गर्नका लागि खडा गरिएको दि फुड पोलिसी इन्डेक्स अर्थात् खाद्य नीति सूचंकाकले पछिल्लो पाँच वर्षमा सङ्घीय सरकारले सीमित मात्र नीतिगत प्रगति गरेको फेला पारेको हो।

अस्ट्रेलिया सरकार स्वयं पनि मोटोपना रोक्नका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास लागु गर्नमा त्यति प्रगतिशील नभइरहेको हो कि भन्ने प्रश्न उक्त अध्ययन संस्थाले उठाएको छ।

डेकिन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट फर हेल्थ ट्रान्सफर्मेसनका एसोसिएट प्रोफेसर ग्यारी स्याक्स सरकारले नीति अवलम्बन नगर्नुको अर्थ अस्ट्रेलिया पछाडि पर्नु भएको बताउँछन्।

“अरू देशहरूले जनताको आहारामा सुधार ल्याउन धेरै काम गरिरहेका बेला, अस्ट्रेलियाले निकै थोरै मात्र कार्य गरिरहेको छ,” उनले भने।

अस्ट्रेलियाली तथ्याङ्क विभागको जानकारीलाई हेर्ने हो भने तीन मध्ये दुई अस्ट्रेलियाली वयस्कमा मोटोपनाको समस्या छ।

बालबालिका पनि यो समस्याबाट ग्रसित छन्, चार मध्ये एक बालबालिका मोटोपनको सिकार बनिरहेका छन्।
Cropped Image Of Tempted Boy Holding French Fries Packet
Source: Getty

केवल ७ प्रतिशत अस्ट्रेलियालीले मात्र स्वास्थ्यकर खाना खाइरहेको पोलिसि इन्डेक्स रिर्पोटले देखाएको छ।

“यो त जनस्वास्थ्य समस्या हो, अस्वास्थ्यकर आहारा र मोटोपनाले अस्ट्रेलियालीहरुको स्वास्थ्य बिगारिरहेको छ,” रिर्पोटमा भनिएको छ।

उक्त रिर्पोटमा १८ वर्ष भन्दा कम उमेरका मानिसहरूलाई ध्यानमा राख्दै अस्वास्थ्यकर खाना र पेय पर्दाथको विज्ञापन गर्नमा रोक लगाउन सुझाव दिइएको छ।

सँगै रिर्पोटले चिनीयुक्त पेय पदार्थ र अन्य अस्वास्थ्यकर खानाको उत्पादन गर्नेहरूलाई थप लेबि अर्थात् कर लगाउन पनि सुझाव दिएको छ।

प्राध्यापक स्याक्स उत्पादनहरूमा सुधार गर्नका लागि प्रोत्साहन गर्नु पनि जरुरी रहेको बताउँछन्।

“५० भन्दा बढी देशमा चिनीयुक्त पेय पर्दाथमा कर लगाइएको छ, जङ्क फुडहरूमा पनि चेतावनीको सूचना राखिने चलन छ, अस्ट्रेलियाले पनि त्यस्तै किसिमका नीति लिनु पर्छ,” उनले भने।
AAP
AAP

दि ओबिसिटी पोलिसि कोलिसनले पनि उक्त मूल्याङ्कन प्रक्रियामा भाग लिएको थियो।

उक्त संस्थाकी कार्यकारी प्रबन्धक जेन मार्टिन अस्वास्थ्यकर खाना र मोटोपना अस्ट्रेलियामा खराब स्वास्थ्यको कारण बनेको बताउँछिन्।

“हामी रोगका कारण, अशक्त हुन चाहन्नौ, डाइबेटीजका कारण हाम्रो आँखा गुमेको वा शरीरको अङ्ग गुमेको हेर्न चाहन्नौ,” उनले भनिन्।

इच्छाशक्तिको कमीका कारण मोटोपना हुन्छ भन्ने गलत धारणा भएको मार्टीनको विचार छ।

यद्यपि फुड पोलिसि इन्डेक्सले नराम्रा कुराहरुलाई मात्र ध्यान नदिएर, प्रगति भएका कुराहरुलाई पनि औल्याएको छ।

जस्तै कि खाद्यान्नको प्याकेजिङ्गमा पोषण, सूची, स्वास्थ्य सम्बन्धी दाबिहरुलाई समाबेश गर्नु अस्ट्रेलियाको प्रगतिमा पर्ने संस्थाको भनाई छ।

यसैगरि सरकारले राष्ट्रिय रुपमा निवारण र मोटोपना सम्बन्धी दुईवटा जनस्वास्थ्य निती अबलम्बन गरेकोमा पनि नेतृत्वको तारिफ गरेको छ।

Share