अस्ट्रेलियामा पौडी खेल्दा ज्यान गुमाउनेमा अधिकांस आप्रवासी

Water Safety

Source: SBS

प्रत्येक वर्ष अस्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउने मानिसहरूको आँकडा हेर्ने हो भने पनि आधा भन्दा बढी ज्यान गुमाउने मानिस गैर अस्ट्रेलियन हुने गरेका छन् ।


चाटली दुवार ग्रेट ब्यारियर रिफको भ्रमण गर्न चाहान्छीन् ।

यसका लागि उनी ३४ वर्षको उमेरमा पौडन सिक्दैछीन् ।

”म भारतीय हु, त्यहाँ थुप्रै पौडी पोखरीहरू छन्, तर घर नजिकै कुनै पनि छैन,यसैले पौडी सिक्ने अवसर नै मिलेन ।”

वयस्क भएपछि पौडी सिक्ने उनको रहर अहिले महत्त्वपूर्ण बनेको छ ।
Vaita'ele
Vaita'ele. Source: Getty Images
गत वर्ष २ सय ४८ जना मानिसहरूले अस्ट्रेलियाको पानीमा डुबेर ज्यान गुमाए ।
ज्यान गुमाउने मध्ये ८० प्रतिशत पुरुष र आधा अर्थात् ४६ प्रतिशत विदेशमा जन्मिएकाहरू थिए ।

यसको सम्पूर्ण दोष पानीको सुरक्षा सम्बन्धी ज्ञान नहुनुमा जाने गर्दछ ।

तर रोयल लाईभ सेभिङका कार्यकारी प्रमुख जस्टिन स्कार पौडी सिक्न कहिल्यै ढिला नहुने तर्क गर्छन् ।

उनी भन्छन् “पानी सुरक्षाका बारेमा सबैभन्दा राम्रो कुरा के छ भने यसले पानीको आनन्दको सम्भावनाको अधिक ढोका खोल्छ र यसले तपाई कुन उमेरको हो फरक पादैन् ।”

सबैभन्दा सुरक्षित रूपमा पानीको मजा लिनु भनेको जहाँ सुरक्षा झन्डा राखिएको हुन्छ ती ठाउँहरूमा मात्र पौडी खेल्नु हो ।

Share