मन धुने साबुनको नाम साहित्य हो: लेखक अमर न्यौपाने

Writer Amar Nyaupane

Source: Facebook/Amar Nyaupane/Kranti Pandey

‘सेतो धर्ती’ बाट मदन पुरस्कार प्राप्त गरेका लेखक अमर न्यौपाने नयाँ कृति सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।


 वि.सं.२०६६ सालमा ‘पानीको घाम’ नामक उपन्यासबाट साहित्यिक यात्रा सुरु गरेका उनले, ‘कलिलो मन’, ‘सेतो धर्ती’ र ‘करोडौं कस्तूरी’ लगायत कृतिहरु लेखिसकेका छन्। 

उनले सार्वजनिक हुन लागेको नयाँ कृति र साहित्यिक यात्राबारे एसबिएस नेपालीसँग गरेको कुराकानी:

न्यौपानेसंगको हाम्रो पुरा कुराकानी सुन्न माथी रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस् 
१) नयाँ कृति लेखनको तयारी कहाँ पुग्यो ?

नयाँ उपन्यास लेखेर पब्लिकेसन हाउसलाई पुस्तक छाप्ने जिम्मा दिएर २२ दिने युरोप यात्रामा गएको थिए । यस पटक नेपाली समाजको पृष्ठभूमिलाई पुस्तकमा समावेश गरेको छु । केही अवधिमा नयाँ उपन्यासको नाम सार्वजनिक हुनेछ ।
एउटा लेखकले प्रत्येक वाक्यको उत्तर समाज र पाठकलाई दिनसक्नुपर्छ । किनभने कसैको व्यस्त समय त्यत्तिकै खेर फाल्न पाइदैन । लेखकले नराम्रा कुराहरुलाई फिल्टर गरेर सफासँग लेख्न सक्नुपर्छ ।
२) ‘पानीको घाम’ देखि ‘करोडौं कस्तूरी’ कृतिसम्म आइपुग्दा कस्तो रह्यो?

तपाईको साहियिक यात्रा हरेक कृति लेखनको दौरान विभिन्न पात्रहको जीवन बाँचे अवसर पाइने रहेछ । विभिन्न पात्रहरुलाई अनुभव गर्दा मैले फरक जीवनहरु बाँचेको छु भन्ने महशुस हुने गर्छ । एउटा लेखकले आफ्नोबाहेक पात्रको जीवन बाँचेको हुन्छ । लेखनबाहेक कुनैपनि लेखकले पात्रको जीवन बाँच्नु पर्दैन् । फरक जीवनहरुको अनुभव गर्नु पाउँदाको मज्जा अर्कै छ । त्यो एउटा शान्त स्थलमा बसेर ध्यान गरेजस्तो हो । ‘पानीको घाम’ देखि ‘करोडौं कस्तूरी’ सम्म आइपुग्दा पात्रहरुसँगै बाँचेर आएजस्तो लाग्छ । 

३) अहिलेको सन्दर्भमा नेपाली समाजप्रति एक लेखकको जिम्मेवारी के होलाजस्तो लाग्छ?

एउटा लेखकले प्रत्येक वाक्यको उत्तर समाज र पाठकलाई दिनसक्नुपर्छ । किनभने कसैको व्यस्त समय त्यत्तिकै खेर फाल्न पाइदैन । लेखकले नराम्रा कुराहरुलाई फिल्टर गरेर सफासँग लेख्न सक्नुपर्छ ।
सेतो धर्ति: बालबालिकाहरुको भविष्य हुन्छ । युवाहरुको वर्तमान हुन्छ । तर, वृद्धवृद्धाहरुको अतित हुन्छ । उनीहरुको अतितमा कथाहरु हुन्छ । त्यसैले उनीहरुको कहिल्यै नआएको कथा लेख्नुपर्छ भन्ने सोचबाट प्रोत्साहित भएको थिए ।

४) ‘सेतो धर्ती’ नामक कृति कसरी लेखियो ? यसको पृष्ठभूमिबारे केही जानकारी गराउनुहुन्छ?

बालबालिकाहरुको भविष्य हुन्छ । युवाहरुको वर्तमान हुन्छ । तर, वृद्धवृद्धाहरुको अतित हुन्छ । उनीहरुको अतितमा कथाहरु हुन्छ । त्यसैले उनीहरुको कहिल्यै नआएको कथा लेख्नुपर्छ भन्ने सोचबाट प्रोत्साहित भएको थिए । उनीहरु धनी भएपनि पिछडिएका छन् । नेपालको पहाडी क्षेत्र वृद्ध आश्रमजस्तो लाग्छ । छोराछोरीहरु रोजगार र अध्ययनको लागि विदेशिएका छन् । त्यो सन्दर्भमा देवघाट पुग्दा सिता लामा नाम गरेकी बाल विधुवा आमासँग भेट भयो । उहाँको कथालाई आधार बनाएर ‘सेतो धर्ती’ तयार भएको थियो ।

५) ‘सेतो धर्ती’ले नेपाली साहित्यको स्तर बढाउन कतिको महत्वपूर्ण भूमिका खेल्योजस्तो लाग्छ? 

म एक लेखक भएको हुँदा राम्रो कृति लेख्नमा जोड दिने गरेको छु । मेरो कृतिहरु पढेर पाठकहरुले समिक्षा गर्नुहुन्छ । अझ उहाँहरुले कृतिहरुकोबारे बोल्दा राम्रो होला।


६) नेपाली युवा पुस्ताहरु बिस्तारै नेपाली साहित्यमा रुचि राख्न थालेका छन् । उनीहरुलाई नेपाली साहित्य पढ्न प्रोत्साहित गर्न के कुरामा ध्यान दिनुपर्ने रहेछ?

पक्कैपनि नेपाली साहित्यमा रुचि राख्ने पाठकहरु बढ्नु भएको छ । यो हाम्रो लागि राम्रो कुरा हो । एउटा फिक्सन लेखकले कुनैपनि विषयमा लेख्नुअघि अनुभव, आत्मा साथ, अनुभूति, अभिव्यक्ति, अभिव्यन्जना गर्नु जरुरी छ । त्यसबाहेक भाषिक रुपमा प्रस्तुतीकरणमा ध्यान दिन आवश्यक हुन्छ । त्यस्ता नयाँ कुराहरुको खोजी मपनि गरिरहेको हुन्छु ।

७) आफ्ना कृतिहरु प्रवद्धनको दौरान शुभचिन्तकहरुसँग भेटघाट गर्दा कस्तो प्रतिक्रियाहरु पाउने गर्नु भएको छ?

प्रायः हाम्रो कथाहरु लेखिदिनुस् खालका प्रतिक्रिया धेरै आउने गर्छन् । मानिसहरुलाई आफ्नो कथा पढ्ने रुचि हुने हुँदा मिल्दोजुल्दो खालका विषयहरु लेख्न आग्रह गर्ने गरेका छन् ।

८) तपाई कस्तो कृतिहरु पढ्न रुचाउनु हुन्छ?

मलाई करुणाको भाव समेटिएको पुस्तकहरु पढ्न रुचि लाग्छ । यसले प्रेम र सह भावलाई जन्माउने हुँदा किताव पढी सकेपछि ध्यान मग्न अवस्थामा पुर्याउने गर्दछ । फेरि अहिले बिचारहरु द्धन्द्ध हुने गरेको छ । राजनैतिक र सामाजिक अवस्थाले देश अस्त व्यस्त भएको छ । यो स्थितिमा हाम्रो मन प्रदुर्षित भएको छ । त्यसलाई सफा गर्ने कामचाँहि साहित्यले गर्दछ । त्यसले छुट्टै आनन्दको अनुभव गराउँदछ । मन धुने साबुनको नाम साहित्य हो ।


Share