अविवाहित जोडीहरू सँगै बस्ने विषयमा नेपालमा 'विशेष कानुन'को माग

Advocate Bimala Khadka

Advocate Bimala Khadka spoke to SBS Nepali about increasing number of live in relationships and need of related specific laws in Nepal. Credit: SBS Nepali/Pratichya Dulal

नेपालको कानूनले विवाह नगरी जोडीहरू सँगै बस्न सक्छन् भन्ने कल्पना नगरेको कानूनका जानकारहरूले बताउँदै आएका छन्। तर यसरी सँगै बस्ने अर्थात् 'लिभ-इन' गर्ने जोडीहरूको सङ्ख्या बढ्दै गएको अनुमान धेरैको छ। यद्यपि यसबारे गहन र आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन। यस्तो अवस्थामा विवाह नगरी बसेका जोडीहरूको कुरा नमिलेपछि भने सामाजिक र कानूनी दुवै पक्षबाट समस्या हुने गरेको जानकारहरूले बताउने गरेका छन्। यसै विषयमा नेपालको राष्ट्रिय महिला आयोगकी अधिवक्ता बिमला खड्कासँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका धारणाहरू अन्तर्वार्ता लिइएका व्यक्तिको हो। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो कानुनी सल्लाहकारसँग सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share