इथियोपियन विमान दुर्घटना: एक नेपाली सहित मृतकहरू प्रति श्रद्धान्जली व्यक्त गरिँदै

विश्व खाद्य कार्यक्रममा कार्यरत एक नेपाली महिला लगायतका मानिसहरू सवार इथियोपियन एअरलाइन्सको एक विमान दुर्घटनामा परेर उनीहरूको निधन भएपछि सामाजिक सञ्जालमा दु:ख व्यक्त गरिँदै छ।

Ekta Adhikari was amongst those killed in the Ethiopian Airlines crash in Addis Ababa on 10 March 2019

Source: Facebook/Ekta Adhikari

घटनाको सार:

  • आठ कर्मचारी सहित कुल १५७ व्यक्तिहरू सवार उक्त विमानमा १ नेपाली नागरिक सहित सबैको मृत्यु

  • अन्य ३४ देशका नागरिकहरू पनि हताहत: ३२ केन्यन नागरिक, १८ क्यानेडेली नागरिक, आठ अमेरिकी तथा सात ब्रिटिश

  • उक्त ७३७ म्याक्स-८ मोडलको हवाईजहाज अमेरिकी विमान कम्पनी बोईङ्गद्वारा निर्मित, सन् २०१७ देखि व्यावसायिक सेवामा

  • गत वर्ष पनि यही मोडलको विमान इन्डोनेसियामा दुर्घटना भएको

  • अमेरिकी तथा इथियोपियाली अनुसन्धानकर्ताहरूले दुर्घटना बारे जाँच गरिने

 

इथियोपियाली राजधानी एडीस अबाबा देखि केन्याली सहर नैरोबीसम्मका लागि उडान भरेको तथा उडान नम्बर इटी ३०२ भएको उक्त विमान उडेको ६ मिनेट भित्रै सम्पर्क विहीन भएको थियो ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम अन्तर्गत एडीस अबाबमा रहेर सप्लाई चेन अधिकृतको रूपमा कार्यरत एक नेपाली नागरिक  - एकता अधिकारीको पनि उक्त विमानमा दुर्घटनामा परेर मृत्यु भएको छ।

विश्व खाद्य कार्यक्रममै काम गर्ने रोजिना कार्कीले आफ्नी सहकर्मीलाई सम्झँदै फेसबुकमा लेखिकि छिन्, “म अझै विश्वास गर्न सक्दिन मेरो प्रिय मित्र, सबै सुन्दर आत्माहरूको चिर शान्तिको कामना, मलाई तिम्रो अभाव सधैँ खट्कने छ।”
विश्व खाद्य कार्यक्रमका प्रमुख कार्यकारी डेभिड बिस्लीले एक ट्विट मार्फत आफ्ना कर्मचारीहरू उक्त हवाई दुर्घटनामा परी गुमाउन परेकोमा आफूहरू मर्माहत भएको जनाएका छन्।

“आज सम्पूर्ण विश्व खाद्य कार्यक्रम परिवार शोकमा छ - इथियोपिया एअरलाइन्सको (उक्त) विमानमा हाम्रा कर्मचारीहरू पनि सवार थिए। यस दुखद घडीमा हामी शोकसन्तप्त परिवारहरूलाई सक्दो मद्दत गर्नेछौँ। कृपया उनीहरूलाई आफ्नो मनमा राखी उनीहरूका निम्ति प्रार्थना गरिदिनुहोस्।”
त्यसै गरी संयुक्त रास्ट्रसंघका महासचिव आन्टोनियो गुतेरेजले पनि ट्विटर मार्फत उक्त हवाई दुर्घटनामा परी आफ्ना कर्मचारी सहित ज्यान गुमाएका मानिसहरू प्रति दुख व्यक्त गर्दै उनीहरूका आफन्तजन एवं परिवार प्रति श्रद्धान्जली व्यक्त गरेका छन्।

३५ देशका नागरिक

इथियोपियन एअरलाइन्सले जारी गरेको सूचना अनुसार उक्त विमान दुर्घटनामा नेपाल सहित ३५ देशका नागरिकहरू परेका छन् ।
इथोयोपियामा राष्ट्रिय शोक दिवस
१५७ जनाको ज्यान जाने गरी भएको उक्त हवाई दुर्घटना पछि इथियोपियाको संसद्ले आज सोमबार त्यहाँ राष्ट्रिय शोक दिवसको घोषणा गरेको छ ।

इथियोपियाली प्रधानमन्त्रीको आधिकारिक ट्विटरमा लेखिएको छ, “दुर्घटनामा परेका सबै देशहरूको नागरिकको लागि संसद्ले ११ मार्च २०१९ राष्ट्रिय शोक दिवस घोषणा गरेको छ।”

अरू को-को परे

स्लोभाकियाका एक सांसद एन्टन हम्कोले उक्त हवाई दुर्घटनामा परेर आफ्नी श्रीमती तथा दुई बच्चाहरू गुमाएको बताएका छन्।

“गहिरो खेदका साथ भन्नुपरेको छ कि मेरी प्यारी श्रीमती ब्लाङ्का, छोरा मार्टिन तथा छोरी मिकला सबै एडीस अबाबामा आज बिहान भएको हवाई घटनामा परी गुमाएको छु। उनीहरूलाई चिन्ने सबैजनाले शान्तिपूर्वक श्रद्धाञ्जली व्यक्त गरिदिनुहोला।”
त्यस घटनामा परी ज्यान गुमाउने ३२ केन्याली नागरिकहरू मध्य एक हुसेन स्वालेह केन्याली फुटबल सङ्घका पूर्व महासचिव थिए। उनलाई सम्झँदै सङ्घका वर्तमान अध्यक्ष नीक् म्वेण्डाले “यो फुटबलका लागि दुखको दिन हो” भन्दै ट्विट गरेका छन्।

Sad day for football. You were doing what you loved most. Fare thee well my chairman. Until we meet again. pic.twitter.com/WnOh4c3Pxh

— Nick Mwendwa (@Nmwendwa) March 10, 2019
नाजेरियाली विदेश मन्त्रालयले पनि आफ्ना एक भूतपूर्व राजदूत अबियोदुन ओलुरेमी बाशुवा गुमाएको बताएको छ। उसले जारी गरेको विज्ञप्तिमा प्राध्यापक बशुवाले इरान, अस्ट्रिया तथा आइभरी कोष्टमा नाइजेरियाको प्रतिनिधित्व गरेका थिए।

यसैबिच, स्विडेनमा दर्ता भएको ट्यामारिंड समूहले पनि आफ्नो प्रमुख कार्यकारी अधिकृत उक्त दुर्घटनामा परेको पुष्टि गरेको छ। जोनाथन सीक्स नाम गरेका ती स्वेडिस नागरिक भएको बताइएको छ।

Share
Published 11 March 2019 3:13pm
Updated 11 March 2019 6:25pm
By SBS Nepali
Source: SBS


Share this with family and friends