एकल अभिभावकलाई आफ्नो पहिलो घर किन्न दुई प्रतिशत डिपोजिट भए पुग्ने

एकल अभिभावकले अब दुई प्रतिशत रकम जम्मा गरेरै आफ्नो पहिलो घर किन्न सक्ने योजना सङ्घीय सरकारले ल्याएको छ।

Single mother Araceli says her faith helped her overcome COVID-19.

Source: Dateline

मङ्गलवार जारी हुने बजेट भन्दा अगावै घोषणा गरिएको उक्त योजना अनुसार, एकल अभिभावक रहेका र आफ्नो पहिलो घर किन्ने १०,००० मानिसहरूलाई आगामी चार वर्षसम्मका लागि सो सुविधा प्राप्त हुने भएको हो।

सो कार्यक्रम अन्तर्गत भर्खरै निर्माण सम्पन्न भएका नयाँ घर वा अब बन्ने आवासका लागि १८ प्रतिशतसम्मको ऋण सङ्घीय सरकारले प्रत्याभूत गर्नेछ।

महिलाहरूको आर्थिक सुरक्षा सम्बन्धी मन्त्री जेन ह्युम भन्छिन् कि यो योजनाको लक्ष्य भनेको अस्ट्रेलियालीहरूको आफ्नै घर होस् भन्ने सपनासम्म, एकल आमाहरूको पहुँच पुर्‍याउनु हो।

"हामीलाई थाहा छ कि थुप्रै एकल अभिभावहरूले आफ्नो आयको ठुलो हिस्सा घर भाडामा नै प्रयोग गर्छन् र झन् त्यसमाथि आफ्नो बच्चाहरूको माग पनि थपिँदा उनीहरूलाई घरको लागि रकम जम्मा गर्न धौ-धौ पर्छ," उनले भनिन्।

"त्यसैले यो सबै काम ती वाधा-व्यवधानहरू हटाउने उद्देश्यले ल्याइएको हो, जसबाट उनीहरूले रकम जम्मा गर्न सकुन्।"
यसका साथै, सरकारले पहिलो घर ऋण निक्षेप योजना वा फर्स्ट होम लोन डिपोजिट स्किम भनिने कार्यक्रम थप १०,००० क्रेताका लागि बढाएको छ।

उक्त योजना अनुसार, पहिलो घर किन्ने मानिसहरूलाई केवल पाँच प्रतिशत रकम जम्मा गरेरै निर्माणाधीन वा भर्खरै बनेको घर किन्न सुविधा उपलब्ध छ।

दुवै कार्यक्रमहरू अस्ट्रेलियामा घर-निर्माण उद्योगलाई टेवा दिने अभिप्रायले ल्याइएको हो।
Treasurer Josh Frydenberg says there will be an assumption in this week's budget of borders opening next year.
Treasurer Josh Frydenberg Source: Ben Patrick / SBS News
ट्रेजरर जस फ्राइडेनबर्ग भन्छन् कि सरकार मानिसहरूको आफ्नै स्वामित्वको घर होस् भन्ने महत्त्व र त्यसले प्रदान गर्ने बृहत् आर्थिक तथा सामाजिक फाइदाहरू बुझ्दछ।

तर, विपक्षी लेबरका प्रवक्ता जेसन क्लेेर भने मोरिसन सरकारको कदम चाहिने भन्दा कम र ढिलो गरी आएको बताउँछन्।

उनी भन्छन् कि अस्ट्रेलियामा घर किन्न सक्ने वातावरण निर्माण गर्न सरकारसँग आठ वर्षको समय थियो र अहिले स्थिति झनै नाजुक बन्दै गइरहेको छ।
"सरकारले आज घोषणा गरेको कार्यक्रम यो समस्या समाधान गर्न पर्याप्त छैन।"
क्लेरले सरकारको निश्चित सङ्ख्यालाई मात्र सुविधा उपलब्ध गराउने गरेका छन्।

हरेक वर्ष एक लाख भन्दा बढी अस्ट्रेलियालीहरूले आफ्नो पहिलो घर किन्ने बताउँदै सरकारद्वारा घोषित योजनाहरूले बढीमा २०,००० लाई मात्र सहयोग पुग्ने उनले बताए।
उता, अस्ट्रेलियाली सामाजिक सेवा परिषद् (अस्ट्रेलियन काउन्सिल अफ सोसल सर्भिसेज)की प्रमुख कार्यकारी अधिकृत कसान्ड्रा गोल्डीले मोरिसन सरकारको एकल अभिभावकलाई घर किन्न उपलब्ध गराएको सहुलियत खासै काम नलाग्ने बताएकी छिन्।

उनी भन्छिन् कि सङ्घर्षरत एकल अभिभावकका लागि सो योजनाले केही पनि प्रभाव पार्ने छैन।

गरिबीमा रहेका तीन एकल अभिभावक मध्ये एकलाई मात्र मद्दत गर्ने बजेटमा थप कार्यक्रम हुनुपर्ने गोल्डीले बताइन्।

"के यत्ति मात्रै हो त भन्ने प्रश्न उब्जन्छ," उनले भनिन्।
"यसले मुठ्ठीभरका केही मानिसहरूलाई त मद्दत गर्छ... (तर) हामीले अन्य हज्जारौं लाखौँ जो निम्न आयमा छन् र जो एकल अभिभावक हुन्, उनीहरूलाई समावेश नै गरेका छैनौँ।"
यद्धपी, कमनवेल्थ र नेश्नल अस्ट्रेलिया ब्याङ्क अनि अस्ट्रेलियामा घर निर्माण उद्योगको प्रमुख सङ्घ - मास्टर्स बिल्डर्स अस्ट्रेलिया सबैले सरकारी कदमको स्वागत गरेका छन्।

सङ्घकी प्रमुख कार्यकारी देनिता वन् भन्छिन् कि फ्यामिली होम ग्यारेन्टीले एकल अभिभावकहरू जस मध्ये अधिकांश महिला छन्, उनीहरूका जीवनमा आमूल परिवर्तन ल्याइदिने छ।

कहाँ कति रकमसम्मको घर किन्न पाइनेछ त?

यी दुवै योजना अन्तर्गतको घर खरिद गर्न सिड्नी र न्यु साउथ वेल्सका अन्य प्रमुख सहरहरूमा ९५०,००० डलर अधिकतम सीमा तोकिएको छ भने राज्यको ग्रामीण इलाकामा ६००,००० डलर।

त्यसै गरी मेलबर्न र भिक्टोरियाली प्रमुख सहरहरूमा ८५०,००० डलर अनि राज्यका ग्रामीण भेकमा अधिकतम ५५०,००० डलरसम्मको घर।

क्विन्सल्यान्डको राजधानी ब्रिसबेन लगायत अन्य सहरी केन्द्रहरूमा अधिकतम ६५०,००० डलरसम्मको घर यी सरकारी योजना अन्तर्गत किन्न सकिनेछ भने राज्यको ग्रामीण भागमा ४००,००० डलरसम्मको घर किन्दा सरकारी सहयोग प्राप्त हुनेछ।

वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया र टास्मानियाको हकमा भने राज्यभर ५५०,००० डलरसम्मको घर किन्दा सरकारी सहयोग उपलब्ध हुनेछ।

देशको राजधानी रहेको अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा चाहिँ यो सीमा अधिकतम ६००,००० निर्धारण गरिएको छ।

Share
Published 10 May 2021 8:10pm
Updated 10 May 2021 8:18pm


Share this with family and friends