भिटामिन चक्की: तपाईंको पैसाको सदुपयोग कि दुरुपयोग?

सधैँ स्वस्थ्य रहनु हामी सबैको साझा लक्ष्य हो। आजकालको व्यस्त जीवनमा निरोगी तथा स्वस्थ्य रहिरहन हामी मध्य धेरैजना पूरक भिटामिनको सहारा लिईराखेका छौं। तर के यी भिटामिनहरु साँच्चिकै आवश्यक छन् त?

Vitamin

Vitamin Source: Pixabay (Creative Commons)

विश्वभरका मानिसहरुले करिब १ अर्ब डलर भिटामिन तथा यस्तै अन्य पुरक तत्वहरु किन्न यो बर्ष खर्चिने छन्। आफुलाई चुस्त-दुरुस्त राख्ने चोरबाटोको रुपमा उनीहरुले यसलाई अंगालेको कुरा एडिलेडकी एक आहार विशेषज्ञ एन स्नाइडर बताउँछिन्।
"मेरो बिचारमा यदि तपाईं सन्तुलित तथा पौष्टिक आहार प्राय:जसो खानुहुन्छ भने अतिरिक्त रुपमा भिटामिन तथा अन्य खनिज तत्वहरुको सेवन त्यति जरुरी छैन", स्नाइडर भन्दछिन्।
"हो, कसै-कसैलाई भने विभिन्न शाररिक अवस्था तथा अस्वस्थ्यताका कारण यस्ता अतिरिक्त तथा पुरक तत्वहरुको सहायता चाहिन्छ। तर, तपाईं राम्रो अवस्थामा आफुलाई पाउनुहुन्छ भने यस्ता अतिरिक्तको खासै आवश्यकता पर्दैन। "

बृद्ध हुँदै गएका मानिसहरु, शरीरमा भिटामिनको कमी भएकाहरु तथा स्वास्थ्य सम्बन्धि समस्याहरु भएकाहरुलाई यो भनाई लागु नहुने पनि उनी बताउँछिन्।

"म आफै पनि गठियाको समस्याले पिडित छु। तसर्थ, मैले ओमेगा-३ भएको माछाको तेल नियमित रुपमा सेवन गर्दछु।"

उनी अगाडी भन्छिन, "मानिसहरु स्वास्थ्य नहुनु भन्नु नै राम्रो आहार नगर्नु भनेर बुझ्दा हुन्छ। जस्तो कि, यदि तपाईं उमेर ढल्कदै गएको एक्लो वयस्क हुनुहुन्छ भने खानामा अरुचि हुनु स्वभाभिकै हो। त्यस्तो अवस्थामा खानाबाट प्राप्त हुने भिटामिन लगायतका अन्य खनिजहरु तपाईंको शरीरमा पर्याप्त अवस्थामा उपलब्ध नहुन सक्छन्। यस्तो बेलामा भने पूरक रुपमा सेवन गरिने भिटामिनहरुले अवश्य पनि सहायता गर्छ।"
The lentil pancake with coconut yoghurt is one of the many vegan and gluten-free options.
The lentil pancake with coconut yoghurt is one of the many vegan and gluten-free options. Source: Lankan Tucker
"शुद्ध शाकाहारी भोजन गर्नुहुन्छ भने "बी-१२" नामक भिटामिन अतिरिक्त रुपमा सेवन गर्दा तपाईंलाई लाभ हुन्छ। अनि, त्यस्तै रुपमा रातो मासु नखाने व्यक्तिहरुको हकमा भने फलामको पुरक चक्कीहरु लिँदा राम्रो हुन्छ।"
अनिता जार्भिस ५० काटी सकेकी महिला हुनुका साथै एक लामो दुरीकी धाविका पनि हुन्। साधारणतया उनी एक दिनमा चार भिन्दा-भिन्दै पुरक खनिजहरुको सेवन गर्दछिन्।

त्यति धेरै पुरक भिटामिन लगायतका अन्य तत्वहरु किन्दा निक्कै धनराशि खर्च भएता पनि उनी आफ्नो निम्ति त्यो ठिक हो भन्दै थप्छिन्, "धेरै दौडिने भएकाले मेरा खुट्टाहरु प्राय: दुख्ने अनि सुन्निने भईराख्छन्। त्यसलाई निको पार्ने हेतुले म बेसार तथा म्याग्नेसियम युक्त पुरक चक्कीहरु खान्छु। जाडो याममा ती ट्याब्लेटहरुको सेवनले मलाई धेरै मद्दत गरे जस्तो लाग्छ। बिगत दुई बर्षमा त म एकचोटी पनि थला परिन। चुकंदरको जुसले पनि दौडिन मद्दत गर्छ।"
भर्खरै मात्र भिटामिनका विभिद पक्ष समावेश गरेर एक वृत्रचित्र निर्माण गरेका तथा विज्ञान विषयका शिक्षक डा. डेरेक मुलरका अनुसार मानिसहरुले एकै किसिमको खाना खानुभन्दा थरि-थरिका खानाहरु खानु, नियमित रुपमा व्यायाम गर्नु, घाममा टहल्नु नै निरोगी रहने सर्वोत्तम उपाय हो।
"तपाईं स्वस्थ भईरहन चाहनुहुन्छ भने आफ्नो जीवन शैलीमा ध्यान दिनुहोस्।बहु-भिटामिन युक्त ट्याब्लेटबाट तपाईंले पुरा फाइदा पाउन सक्नुहुन्न।"

त्यसो भए भिटामिनहरु किन खाने त? भन्ने प्रश्नमा डा. मुलर अगाडी भन्छन्, "केही मानिसहरुलाई भिटामिनको अत्यधिक कमि हुन्छ जसले गर्दा उनीहरुको ज्यानै जाने सम्भावना पनि रहन्छ। यस्तो सार्है खतरा पूर्ण अवस्थामा अतिरिक्त एवं पूरक रुपमा भिटामिनहरु सेवन गर्नैपर्ने हुन्छ।"
अस्ट्रेलियाभर ८५,००० भन्दा बढी किसिमका भिटामिन तथा अन्य पुरक खनिजहरु पाइन्छ जसले गर्दा यहाँका सर्वसाधारणहरु निक्कै अलमलमा पर्ने गर्दछन्।
डा. मुलरका अनुसार उपभोक्ताहरुले आफुलाई पाएक पर्ने उचित पूरक तत्व खरिद गर्नुभन्दा पहिले यथोचित परिश्रम गर्नैपर्छ।
Popular vitamins
Source: Chemists
"बजारमा हजारौं उत्पादहरु छन् जुन सबै काम लाग्ने छन् भन्न मिल्दैन। यो बजार विश्वासमा चलेको छ। सबै उत्पादकहरुले राम्रो काम गरिरहेका छन् भन्ने अवस्था पनि छैन। हामीकहाँ यस क्षेत्रलाई हेर्ने उचित नियमकको खाँचो छ जसले कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउने काम गरोस्।"
मेलबर्न स्थित् पिटर म्याकलम अबुर्द रोग अनुसन्धान केन्द्रमा बरिष्ठ फार्मासिस्टका रुपमा कार्यरत स्याली ब्रुक्स्का अनुसार भने माछाको तेल, अदुवा तथा हरियो चिया लगायतका पूरक क्याप्सुल एवं चक्कीहरुले फाइदा भन्दा हानि गर्न सक्दछ।
"५० बर्ष भन्दा माथिका बिरामीहरु तथा क्यान्सर भएका कुनै पनि उमेरका व्यक्तिहरुले यस्ता पुरक तत्वहरु एवं भिटामिनहरु सेवन गर्नु चिन्ताको बिषय हो। मानिसहरुले उचित मात्रामा बिना चिकित्सय परामर्श यस्ता अतिरिक्त सेवन गर्दा खासै समस्या नभएतापनि परम्परागत रुपमा गरिने अर्बुद रोगको उपचारमा भने यसले केही तल-माथि पार्न सक्छ।"

यस्तै कारणहरुले गर्दा, कुनै पनि नयाँ उत्पाद प्रयोग गर्नुभदा पहिले आफ्नो चिकित्सक, औषधि पसले अवथा पोषणविद्को सल्लाह लिनु आवस्यक छ।

डा. मुलरका अनुसार कुनै पनि अतिरक्त रुपमा सेवन गरिने भिटामिन वा अन्य खनिजहरु लिनु भन्दा अगाडि आफुले आफैँलाई निम्न प्रश्न गर्नुपर्ने बताउँछन्:

  • के मैले खाईरहेको खान्की ठिक छ? 
  • मेरो जीवनशैलीमा के सुधार गर्न सक्छु?
Vitamania
Source: Supplied
डा. मुलरको भिटामनिया नामक बृत्रचित्र अगस्ट १२, आइतबार बेलुकी ८:३० बजे एसबीएस टेलिभिजनमा प्रदर्शन हुनेछ।

Share
Published 31 July 2018 4:24pm
Updated 3 September 2018 1:55pm
By Amy Chien-Yu Wang
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends