अस्ट्रेलियामा बसोबास: भोट कसरी हाल्ने?

, अस्ट्रेलियामा भोट कसरी हाल्ने त?

Voters que at a polling booth at West Epping Public School in the electorate of Bennelong in Sydney

Voters que at a polling booth at West Epping Public School in the electorate of Bennelong in Sydney, Saturday, Aug. 21, 2010. Source: AAP

अस्ट्रेलियामा बस्ने सबै योग्य मतदाताहरूले अनिवार्य रूपमा भोट खसाल्नु पर्छ।

यसका निम्ति मतदाताहरूले अस्ट्रेलियन निर्वाचन आयोगमा आफ्नो नाम दर्ता गरेको हुनुपर्दछ। यदि दर्ता गरेर भोट नखसाले दण्डको भागीदार हुनुपर्ने नियम छ।

१८ वर्ष पुगेका बालिग अस्ट्रेलियन मतदाताहरूले हाल बसेकै ठेगानामा एक महिना भन्दा बढी बिताई सकेको भए, उनीहरूले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था कानूनले गरेको छ।

अस्ट्रेलियन निर्वाचन आयोग (एईसी) एक स्वतन्त्र तथा वैधानिक निकाय हो जसले अस्ट्रेलियामा हुने सङ्घीय निर्वाचन प्रकिया सम्बन्धी सबैजसो कार्यहरू सञ्चालन गर्दछ।

एईसीका प्रवक्ता रहेका इभान एकिन-स्मिथले दर्ता भई सकेका मतदाताहरूले भोट नखसाले के हुन्छ त भन्ने प्रश्नमा यस्तो जवाफ दिए, “दर्ता भएकाहरूले मतदान केन्द्रमा उपस्थित नभए उनीहरूलाई हामी “नन भोटर नोटिस” भनिने एक पत्र काट्छौ।”
"यदि तपाईँसँग हामीलाई मान्य हुने कारण छ भने ठिकै छ, डराउनु पर्दैन, खाली हामीलाई सूचित गर्नुहोस्। अन्यथा तपाईँले २० डलर जरिवाना तिर्नुपर्नेछ।"
"अनि, “नन भोटर नोटिस”लाई अनदेखी गरेर बस्नुभयो र हामीलाई सम्पर्क गर्नुभएन भने चाहिँ अदालतसम्मै पुग्नुपर्ने हुनसक्छ। अदालत जानुपर्‍यो भने १७० डलरको शुल्क र अदालत जाँदा लाग्ने अतिरिक्त शुल्क दुवै तिर्नुपर्ने हुन्छ।”

यदि तपाईँ पहिले नै एईसीमा दर्ता हुनुभएको छ तर आफ्नो नाम वा ठेगाना परिवर्तन गर्नुभएको छ भने तपाईँले मतदाता नामावलीमा आफ्नो विवरण अद्यावधिक गर्नुपर्छ।

“हामीले अस्ट्रेलियामा बसेर लोकतन्त्रको राम्रो अभ्यास गर्ने मौका पाएका छौँ,” उनले भने।
“विश्वमा कयौँ यस्ता देशहरू छन् जहाँ मानिसहरूले आफ्नो मत जाहेर गर्न दिनदिनै लड्नु पर्छ।”
“अस्ट्रेलियामा भोट दिन सजिलो छ। भनिएको म्याद भित्रै दर्ता हुनुहोस् र मतदानको दिन भोट गर्न आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित हुनुहोस्, उनले थपे।
Federal Parliament, Canberra - Australia
Federal Parliament, Canberra - Australia (SBS) Source: SBS
हाल, अस्ट्रेलियाको उपल्लो संसद् अथवा सिनेटमा ७६ सिट छन् र प्रतिनिधि सभा भनिने तल्लो सदनमा १५० सिट छन्।

हरेक तीन तीन वर्षको अन्तरालमा हुने सङ्घीय निर्वाचनले माथिल्लो सदनका सदस्यहरूलाई ६ वर्षका लागि चयन गर्छ भने तल्लो सदनका माननीयहरूको म्याद ३ वर्षको मात्रै हुन्छ।

साधरणतया, हरेक तीन वर्षमा हुने निर्वाचनले केवल आधा सिनेट सिटका लागि मात्र माननीयहरू चयन गर्ने चलन छ। तर, डबल डिसोल्युसन् चुनाव घोषणा भएको खण्डमा चाहिँ सबै ७६ रै सिटहरूका लागि मतदान हुन्छ।

तीन वर्ष अघि तात्कालिन प्रधानमन्त्री म्याल्कम टर्नबुलद्वारा डबल डिसोल्युसन निर्वाचन घोषणा गरिएको थियो।

एईसीका प्रवक्ता एकिन-स्मिथका अनुसार सन् २०१६को उक्त डबल डिसोल्युसन अस्ट्रेलियाको इतिहास कै सातौँ डबल डिसोल्युसन निर्वाचन थियो।

“डबल डिसोल्युसन भनेको सामान्य अवस्थाको भन्दा दुई गुणा सिनेटरहरुलाई निर्वाचित गर्नु हो।"
"साधरणतया अस्ट्रेलियाको आम निर्वाचनमा आधा सिनेट सिटको लागि मात्र मतदान गर्ने चलन छ। तर, डबल डिसोल्युसन घोषणा भएका आम निर्वाचनमा भने पुरै सिनेटका लागि मतदान हुने संवैधानिक व्यवस्था छ।
“सामान्य अवस्थाको निर्वाचनमा हरेक राज्यबाट ६ जना सिनेटरहरु चयन हुन्छन् भने अस्ट्रेलियन क्यापिटल टेरोटेरि (एसीटी) तथा नदर्न टेरोटेरी (एनटी)बाट २ जना। डबल डिसोल्युसनको हकमा भने पूर्ण संसद् नै विधटन हुने हुँदा राज्यहरूबाट थप ६ सिनेटरहरु निर्वाचित हुने व्यवस्था छ। एसीटी र एनटीबाट चाहिँ थप सिनेटरहरु निर्वाचित हुँदैनन्।"
The House of Representative ballot is the green one.
The House of Representative ballot is the green one (AEC) Source: AEC
आसन्न निर्वाचनमा भाग लिने लाखौँ अस्ट्रेलियन मतदाताहरू प्रत्येकले मतदान गर्न दुई फरक फरक मतपत्रहरू प्राप्त गर्नेछन्।

हरियो कागजमा छापिएको मतपत्र प्रतिनिधि सभा उम्मेदवारको चयनका लागि हो भने सेतो कागजको मतपत्र चाहिँ सिटनेर छान्न प्रयोग गरिन्छ।

अस्ट्रेलियाको निर्वाचनमा प्रिफरेंसियल भोटिंग प्रणालीको प्रयोग हुन्छ।
चुनाव हुने दिन - १८ मे, शनिवार यदि तपाईँ मतदान केन्द्र जान सक्नुहुन्न भने अन्य उपायहरू अवलम्बन गर्न सकिन्छ।

“यदि तपाईँको मतदान केन्द्र ८ किलोमिटर भन्दा टाढा छ भने वा कुनै अवरोधका कारण तपाईँ भोट दिन त्यहाँ पुग्न सक्नुहुन्न भने चुनाव हुने दिन भन्दा केही हप्ता अघिबाट खुल्ने प्रारम्भिक मतदान केन्द्रहरूमा गएर आफ्नो भोट खसाल्न सक्नुहुनेछ।"

“त्यो पनि गर्न सम्भव छैन भने, तपाईँले हुलाक मार्फत आफ्नो भोट दिन सक्नुहुनेछ,” एकिन-स्मिथ भन्छन्।

यदि अस्ट्रेलिया बाहिर बस्नुहुन्छ भने, आफ्नो मतपत्र पुरा भरेर अस्ट्रेलियन निर्वाचन आयोगलाई हुलाकबाट फिर्ता पठाउनु पर्छ। त्यसरी हुलाक मार्फत विदेशबाट आफ्नो मतपत्र पठाउँदा चुनाव हुने दिन वा सो भन्दा अगावै पठाई सक्नुपर्छ।
एकिन-स्मिथका अनुसार अस्ट्रेलियन हाई कमिसनहरूमा पनि भोट दिन मिल्ने व्यवस्था गरिएको हुन्छ।
“हामीले धेरैजसो अस्ट्रेलियन हाई कमिसनहरूमा मतदान केन्द्रहरूको सुविधा प्रदान गर्छौँ। तपाईँले मा गएर ती कहाँ-कहाँ छन् भन्ने थाहा पाउन सक्नुहुनेछ।”

“हाई कमिसनहरूसम्म पुग्न सक्नुहुन्न भने तपाईँले हुलाकबाट भोट हाल्न सक्नुहुनेछ। त्यसका लागि तपाईँले हामीकहाँ निवेदन दिनुपर्ने हुन्छ।”

“विशेष परिस्थितिहरूमा चाहिँ त्यो पनि सम्भव नहुन सक्छ। यदि त्यसो हो भने, भोट नहाल्न ती वैध कारण हुन सक्छन्।”
Não deixe de votar. É um dever mas, acima de tudo, um privilégio enquanto cidadão australiano
Voting 1 at Australian Federal Election Source: AAP
अपुरो वा ठिकसँग नभरिएको मतपत्र बदर हुन्छन्। तपाईँलाई मतपत्र ठिकसँग भर्ने थाहा छैन भने मतदान केन्द्रहरूमा रहने अधिकारीहरूसँग सोधपुछ गर्नुहोस्।

यसका साथै, प्रमुख राजनैतिक दलका प्रतिनिधिहरू पनि “कसरी भोट गर्ने” भन्ने कार्ड लिएर मतदान केन्द्रहरू बाहिर उभिएका हुन्छन्।

तर, निर्वाचन आयोगका प्रवक्ता एकिन-स्मिथ त्यसरी भोट गर्न सिक्दा कुनै भ्रममा नपर्न सचेत गराउँदै भन्छन्, “विभिन्न पार्टीका कार्यकर्ताहरू मतदान केन्द्र बाहिर बसेर भोट कसरी गर्ने भन्ने कार्डहरू बाँड्ने गर्छन्। यसको काम भोट गर्न सिकाउने मात्र हो, ठ्याकै कहाँ के लेख्ने भन्ने होइन।”
“तपाईँको भोट तपाईँको आफ्नो विचार हो। अरूले भनेकै हिसाबले भोट दिनुपर्छ भन्ने छैन।”
“यदि कुनै राजनैतिक दललाई मन पराउनुहुन्छ भने, उनीहरूले तपाईँलाई कसरी उक्त पार्टीलाई भोट हाल्ने भनेर सुझाव दिने हो।”

“तपाईँलाई जसलाई भोट दिन मन छ, उसैलाई दिनुहोस्,” उनी थप्छन्।

अस्ट्रेलियन निर्वाचन आयोगले भोट कसरी गर्ने भन्ने निर्देशिका २८ विभिन्न भाषाहरू प्रकाशित गर्छ र अस्ट्रेलिया भरका मतदान केन्द्रहरूमा उक्त निर्देशिकाहरू उपलब्ध गराइन्छ।

यसका अलावा, भाषा बुझ्न कठिनाइ भएकाहरूले आफूसँग एक सहायक लिएर पनि भोट खसाल्न जान सक्नेछन्।

“कानूनले चाहिएको खण्डमा एउटा सहयोगी लिएर भोट गर्न जान पाउने व्यवस्था गरेको छ। साथै, टेलिफोन मार्फत अनुवादक सेवा लिन पनि मिल्छ,” एकिन-स्मिथ भन्छन्।

“यदि तपाईँलाई त्यस्ता सेवाहरू लिनुपर्ने हुन्छ भने हाम्रो वेबसाइटमा गएर तपाईँको भाषामा अर्थ बुझाइदिन सक्ने व्यक्तिलाई सम्पर्क गर्नुहोस्। टेलिफोन नम्बरका लागि जानुहोस्।”
Ballot box with national flag on background - Australia
Ballot box with national flag on background - Australia Source: Getty Images
संक्षेपमा:

  • १८ मे शनिवार हुने निर्वाचनका लागि मतदान केन्द्रहरू बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला रहनेछन्।
  • अस्ट्रेलियन निर्वाचन आयोगका अनुसार उक्त दिन अस्ट्रेलियाभर हरेक घण्टा करिब १० लाख मतदाताहरूले आफ्नो मत जाहेर गर्ने अनुमान छ।
  • मतदान सकिएपछि मतगणनाको कार्य सुरु हुन्छ। निर्वाचन अधिकृतहरूले मतगणना गर्नेछन् भने विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले ती गणकहरूको कामलाई परिवेक्षण गर्नेछन्।
  • प्रतिनिधि सभाको नतिजा मे १८को रातीसम्ममा घोषणा हुनेछ भने सिनेटको नतिजा आउन चाहिँ केही हप्तासम्म लाग्न सक्छ। सिनेटको मतगणना जटिल हुने भएको कारण प्रतिनिधि सभाको तुलनामा उक्त समय लाग्ने हो।
  • सङ्घीय निर्वाचन क्षेत्रहरूको पुनर्विभाजनका कारण यसपालीकोको आम निर्वाचनमा कुल १५१ सिटहरूमा प्रतिस्पर्धा हुँदैछ।
  • जुन पार्टीले तल्लो सदनमा ७६ वा सो भन्दा बढी सिटमा विजय हात पार्नेछ, सत्ताको साँचो उसैले पाउने छ।
 


Share
Published 16 April 2019 2:41pm
Updated 12 August 2022 3:26pm
By SBS Nepali, Amy Chien-Yu Wang
Source: SBS


Share this with family and friends