फेडेरेसन स्क्वेरका नेपाली

नेपालबाट आफ्ना परिवारलाई भेट्न र घुमघाम गर्न मेलबर्न आएका अधिकारी दम्पती अस्ट्रेलियालाई नेपालसँग दाँज्न नमिल्ने देख्छन्।

Deepak Nepali Fed Square Melbourne Australia

Source: SBS Nepali

नेपालमै बस्छौँ र घुमघामका लागि अस्ट्रेलिया आएका हौँ।

आज चाहिँ अलि घाम लागेको हुनाले यसो घुमौँ न त भनेर ट्रेन चढेर सिटी आयौँ। यसो वरिपरिका पार्क घुमियो, सहर घुमियो … रमाइलै छ भन्नुपर्‍यो।

सबैको भाग दौडको जीवन छ जस्तो, हरेक दिन, उठ्यो काम भन्यो दौडियो। नेपालमा जस्तो आराम अलिक छैन कि जस्तो लाग्यो - फुर्सद निकाल्न गाह्रै छ जस्तो देख्छौँ।

अस्ट्रेलियालाई नेपालसँग तुलना गरेर साध्यै छैन, अब यहाँ धुवाँ धुलो केही छैन - सफा सुग्घर छ। सबै कुरा व्यवस्थित छ। हामी बाहिरको खाना नखाने भएर यहाँ तिज आदि पर्वका पार्टी जाँदा चाहिँ नाचगान गरेर रमाइलोसँग दिन बितायौँ।

हाम्रो अस्ट्रेलिया वास केही महिनाको हुनेछ र अस्ट्रेलियाको कथा नेपाल गएर अरूसँग बाँड्ने छौँ।

Share
Published 14 November 2019 2:32pm
Updated 18 November 2019 3:24pm


Share this with family and friends