स्यानिटाइजर र फेस मास्कमा भ्रामक दाबी सहित विज्ञापन गर्ने कम्पनीलाई ६ लाख बढीको जरिवाना

७० प्रतिशत अल्कोहलको दाबी सहित विज्ञापन गरिएको स्यानिटाइजरमा केवल १७ प्रतिशत मात्र अल्कोहल मात्रा पाइएपछि अस्ट्रेलियन उपभोक्ताको हित सम्बन्धी संस्थाले कम्पनीलाई ६ लाख ३० हजार डलर जरिवाना तिराएको छ ।

The Velcare hand sanitiser was falsely advertised as being World Health Organization approved.

The Velcare hand sanitiser was falsely advertised as being World Health Organization approved. Source: ACCC

कोरोना महामारीका दौरान स्यानिटाइजर र मास्कको विज्ञापनमा झुटा र भ्रामक जानकारी समेटेको स्विारोत्ती पछि अस्ट्रेलियाको कस्मेटीक र फेसनको ठुलो मध्येको एक मोजेक ब्रान्डलाई ६ लाख ३० हजार डलर जरिवाना तिराइने भएको हो ।

१७ प्रतिशत अल्कोहल रहेको ह्याण्ड स्यानिटाइजरलाई ७० प्रतिशत अल्कोहल रहेको भन्दै कम्पनीले बिक्री गदै आएको थियो ।

सँगै अर्को एक स्यानिटाइजरमा विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको भन्दै झुटो विवरण समेटिएको पाइएपछि अस्ट्रेलियन कम्पीटीसन एन्ड कन्जुमर कमिसनले कारबाहीको निर्णय गरेको हो ।

संस्थाकी उप प्रमुख डेलिया रिकार्डले मिलर्सले बिक्री गदै आएको अर्को एक स्यानिटाइजरमा पनि ७५ प्रतिशत अल्कोहल भएको दाबी गरिएको तर त्यसमा ५८ प्रतिशत मात्र अल्कोहल पाइएको बताइन् ।
Fashion giant Mosaic Brands has been fined $630,000 for misleading and deceptive marketing of face masks and hand sanitiser.
Fashion giant Mosaic Brands has been fined $630,000 for misleading and deceptive marketing of face masks and hand sanitiser. Source: ACCC
अन्य दुई वटा फेस मास्कले पनि ग्राहकहरूलाई ठग्ने गरिएको पाइएको छ ।

बालबालिकाले प्रयोग गर्ने फेस मास्कमा “एफ डी ए” सर्टीफाईड र ठुला उमेरकाले प्रयोग गर्ने फेस मास्कमा "नन रिफन्डेबल"को लेबल लगाई बिक्री गरेको पाइएको छ ।

“हेल्थ एसेनसीयल” को लेबल लगाइएका उक्त सामाग्री गत वर्षको मार्च देखि जुनको महिनामा बिक्री गरिएका थिए ।

“विशेष गरी हामी मोजेक ब्रान्डले गरेको भ्रामक दाबिका बारेमा चासोमा थियौ,बिशेषगरी महामारीका बेलामा सुरक्षात्मक सामाग्रीहरूमा झुटा कुरा प्रचार गरिएका थिए” रिकार्डले भनिन् ।

“मोजेक ब्रान्डका बालबालिकाले लगाउने एन ९५ मास्कमा विज्ञापनमा दाबी गरिएजस्तो अमेरिकी र युरोपेली अधिकारीहरूले प्रमाणित नगरेको भेटिएको छ ।”

केटीज,नोनी बि,रकम्यानस,रिर्भस,बि मी,क्रसरोड,मिलर्स,डब्लु लेन र अटोग्राफ जस्ता खुद्रा पसल सञ्चालन गर्ने मोजेक ब्रान्डलाई चेतावनी र जरिवाना सहितका पाँच चिठी पठाइएको छ भने तिन महिना भित्र ग्राहकहरू सँग सम्पर्क गरी रकम फिर्ता गर्ने समय दिइएको छ ।

उक्त ब्रान्डले अस्ट्रेलियाली १२ सय भन्दा बढी स्टोर सञ्चालन गर्दछ ।


Share
Published 28 May 2021 11:16am
Updated 28 May 2021 11:19am
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends