कोरोना सङ्कट: भिक्टोरियामा लगभग ३० बर्षका युवक सघन उपचारमा, अस्पतालमा काम गर्ने ४ पनि सङ्क्रमित

भिक्टोरियामा कोभिड-१९ बाट सङ्क्रमित भएर सघन उपचार कक्षमा भर्ना गरिएका दुई मध्य एक जना आफ्नो जीवनको तेस्रो दशक टेक्दै गरेका एक युवक भएको बताइएको छ।

Victorian Premier Daniel Andrews implores Victorians to stay at home.

Victorian Premier Daniel Andrews implores Victorians to stay at home. Source: AAP

भिक्टोरियाकी स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले बुधवार अपराह्न पत्रकारहरूसँग बोल्दै आफूले ती युवकको उमेर खुलाउन जरुरी देखेरै सार्वजनिक गरेको बताएकी छिन्।

“कोरोनाभाइरसले युवाहरूलाई पनि सिकिस्त पार्न सक्छ,” मिकाकोसले भनिन्।

अर्का मानिस भने ६० बर्ष आसपास उमेर रहेका बताइएको छ।
Victorian Health Minister Jenny Mikakos speaks to media during a press conference at the Department of Health and Human Services offices in Melbourne, Monday, March 2, 2020. An update has been provided Corona Virus. (AAP Image/James Ross) NO ARCHIVING
Victorian Health Minister Jenny Mikakos. Source: AAP
उनले स्वास्थ्यकर्मीहरूलाई “हाम्रा सच्चा नायक” भन्दै उनीहरूले स्वास्थ्य प्रणालीलाई तम्तयार पार्न अहोरात्र खटिरहेको जानकारी दिइन।

राज्यको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले मानिसहरूलाई सेल्फ आइसोलेसनमा बस्न मोबाइल सन्देश पठाउनुका साथै क्वारेन्टाइन बस्नू भनेर आदेश दिइएका व्यक्तिहरूले त्यसो गरे नगरेको जाँच गर्न “व्हिस्पर” भनिने नयाँ संरचनाको पनि प्रयोग गरिने जेन्नी मिकाकोसले बताइन।

क्वारेन्टाइन बस्न आदेश पाएका मानिसहरूले अबदेखि उक्त प्रविधिको प्रयोग गर्दै, आफू घरमा नै रहेको आश्वासन दिने गरी स्वास्थ्य मन्त्रालयद्वारा प्रेषित सन्देशमा प्रतिक्रिया जनाउन पाउने बताइएको छ।

राज्यभर करिब १,७०० जनालाई सेल्फ आइसोलेसनमा बस्न भनिएको र उनीहरूले हाल मन्त्रालयलाई सम्पर्क गर्न करोनाभाइरस हटलाइन प्रयोग गर्ने गरेको पनि मन्त्री मिकाकोसले खुलाइन।

“यो महामारीलाई एकदमै गम्भीरतासँग लिनु हामी सबैको समान दायित्व हो,” उनले भनिन।
Italy's Cremona Hospital Intensive Care where the most serious patients infected with coronavirus are being treated.
Italy's Cremona Hospital Intensive Care where the most serious patients infected with coronavirus are being treated. Source: AAP
“विदेशी अस्पतालहरूमा हृदय विदारक स्थिति उत्पन्न भएको हामी समाचारहरूमा देखेकै छौँ - कोभिड-१९ सङ्क्रमणका मामला बढ्दै जाँदा डाक्टर, नर्स, शय्या वा भेन्टिलेटरको अभावमा मानिसहरू मरिरहेका छन्।”

जेन्नी मिकाकोसका अनुसार भिक्टोरियाली सरकार स्वास्थ्य सेवा पढ्दै गरेका विद्यार्थीहरूलाई राज्यको स्वास्थ्य प्रणालीमा कसरी आबद्ध गर्न मिल्छ भनेर कार्यरत रहेको छ।

“हाम्रो भविष्य हाम्रो आफ्नै हातमा छ। हामी सबैले निर्दिष्ट गरिएका कडा उपायहरू अवलम्बन गर्‍यौँ भने मात्र परेको बेला हाम्रो स्वास्थ्य प्रणालीले राम्ररी सेवा दिन सक्छ,” उनले अगाडी भनिन्।

“हामीले अहिले केही त्याग गर्नै पर्छ।”



मिकाकोससँगै उभिएका भिक्टोरियाली प्रमुख चिकित्सकीय अधिकृत ब्रेट सटनले यस विषयमा युरोपको बाटो नपक्डन हामीले अहिले नै ठोस् कदम चाल्नुपर्नेमा जोड दिए।

“आत्मसन्तोषका निम्ति कुनै ठाउँ छैन। इटालीमा केही हप्ताको समयावधि मै हजारौँ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्,” सटनले भने।

बुधवार बिहानसम्म भिक्टोरियामा कुल ४६६ जना कोभिड-१९ बाट सङ्क्रमित भएको र ती मध्ये ५५ जना मङ्गलवार मात्रै थपिएको भिक्टोरियाली प्रिमियर ड्यानियल एन्ड्रुजले बताएका छन्।

चार स्वास्थ्यकर्मीहरूमा पनि कोभिड-१९

उता, पश्चिमी मेलबर्न स्थित वेरिबी मर्सी अस्पतालमा काम गर्ने चार स्वास्थ्यकर्मीहरूमा पनि कोभिड-१९ सङ्क्रमण भेटिएको बताइएको छ।

ती मध्ये एक जनालाई सङ्क्रमण भएको र उनीसँग उठबस भएका अन्य मानिस खोज्दै जाँदा अरू तीन कर्मचारी पनि सङ्क्रमित पाइएको मन्त्री मिकाकोसले बताइन।

“उनीहरूको कार्यस्थललाई नियमानुसार राम्ररी सफा गरिसकिएको छ,” उनले उक्त स्थानबाट थप सङ्क्रमण फैलने डर नभएको प्रस्ट्याउँदै भनिन्।
कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको मा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र  अन्य जानकारी यहाँ उपलब्ध छन्:  

 


Share
Published 25 March 2020 3:33pm
Updated 25 March 2020 4:54pm


Share this with family and friends