बेलायतले दुबाई सँगको उडान रोक्दा, विदेशमा फसेका अस्ट्रेलियन मर्कामा

हाल विभिन्न मुलुकमा फसिरहेका करिब ४० हजार अस्ट्रेलियनहरू बेलायतले दुबाईबाट आउने विमानमा रोक लगाएपछि झनै समस्यामा पर्ने भएका छन् ।

The United Kingdom has banned incoming passenger flights from the United Arab Emirates.

The United Kingdom has banned incoming passenger flights from the United Arab Emirates. Source: Vladimir Gerdo/TASS/Sipa USA

दुबाई र आबुदाबीबाट आउने उडान माथि बेलायतले रोक लगाउँदा इतिहाद् र इमीरेट्स मार्फत घर फर्कने सपना देखेका हजारौँ अस्ट्रेलियनहरू मर्कामा परेका छन् ।

करिब एक वर्ष लामो सीमा बन्दका कारण केही सीमित विमान कम्पनीहरूले मात्र अस्ट्रेलियाका लागि उडान भरिरहेका थिए ।

आज शुक्रवार देखि दुबाई ,बुरुन्डी र रुवान्डाबाट आउने यात्रुहरू माथि बेलायतले रोक लगाउदैछ ।

साउथ अफ्रिकामा देखिएको अधिक सङ्क्रमण हुने कोरोनाका परिर्वतीत रूपको फैलावटलाई कम गर्न बेलायत सरकारले यो कदम चालेको हो ।
नयाँ परिवर्तित रूप देशमा फैलिएको आशङ्कामा दुबईबाट आउने यात्रुवाहक विमानमा पनि रोक लगाइएको छ ।
बेलायती सरकारको यो निर्णय पछि लन्डन स्थित अस्ट्रेलियन कन्सुलेट कार्यालयले इमीरेट्स र इतिहाद् सँग सम्भावित प्रभावका बारेमा छलफल गरिरहेको ट्वीट मार्फत जानकारी गराएको थियो ।

“हामी यात्रुहरू प्रति पर्न गएको असरमा क्षमा प्रार्थी छौ । नयाँ बुकिङका लागि कार्यालयमा सम्पर्क गर्नु होला । ” विमान कम्पनी इमीरेट्सले विज्ञप्ति मार्फत भन्यो ।
यस अघि अस्ट्रेलियन सरकारले आगमनको सङ्ख्यमा कटौती गरेपछि विमान कम्पनी इमीरेट्सले करिब एक हप्ता अस्ट्रेलियाका लागि कुनै उडान भरेको थिएन ।

सरकारी तथ्याङ्कमा अझै पनि करिब ३८ हजार अस्ट्रेलियनहरू विभिन्न मुलुकमा फसिरहेका छन् ।

“प्रधानमन्त्रीले क्रिसमस सम्म विदेशमा फसेका सम्पूर्ण नागरिकलाई ल्याउने बाचा गरे पनि ,पुरा गरेनन् ” ए बि सी सँग कुरा गदै विपक्षी लेबरका प्रवक्ता पेनी वङले भने ।


Share
Published 29 January 2021 1:04pm
By SBS News
Presented by Krishna Pokhrel
Source: SBS


Share this with family and friends