युएस बांग्ला विमान चालकले नियमहरूको धज्जी उडाए: प्रतिवेदन

गत वर्ष ५१ जनाको ज्यान जाने गरी भएको एक विमान दुर्घटनाको जाँच गर्न गठित आयोगले त्यसको दोष विमानका चालकदललाई दिएको छ।

Rescue teams next to a wreckage of a plane that crashed at the main airport Tribhuvan International Airport in Kathmandu, Nepal, 12 March 2018. According to reports, Bangladeshi US-Bangla plane had crashed while landing at the airport with 71 passengers a

Rescue teams next to a wreckage of a plane that crashed at the main airport Tribhuvan International Airport in Kathmandu, Nepal, 12 March 2018. Source: EPA/NARENDRA SHRESTHA

काठमान्डू स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस-बांग्लाको उडान नम्बर एसजी २११ भएको विमान अवतरण गर्न लाग्दा धावनमार्ग नजिकैको घाँसे मैदानमा पुग्दा आगो लागी ध्वस्त भएको थियो। 

जाँचबुझ आयोगले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, दुर्घटना पूर्व उक्त विमानका कप्तान भावनात्मक भई भावविव्हल अवस्थामा रहेका थिए। प्रतिवेदन अगाडी भन्छ, त्यसैको कारणले नेपाली आकाशमा पछिल्लो २६ वर्षकै सबैभन्दा नराम्रो हवाई दुर्घटना हुन पुग्यो।

चालकदल सहित उक्त विमानका कर्मचारीहरूको "सिचुवेस्नल अवेरनेस" अथवा स्थितिजन्य जागरूकतामा आएको ह्रासलाई पनि जाँच समितिले दोष लगाएको छ।
विमानका कर्मचारीहरूको स्थितिजन्य जागरूकतामा आएको ह्रासका कारण उनीहरूले जहाज आफ्नो पूर्व निर्धारित मार्गबाट विचलित हुँदै अन्य बाटो समातेको पत्तै पाएनन् जस कारण उनीहरूले विमानस्थलको धावनमार्ग पहिचान गर्न सकेनन्, प्रतिवेदनमा उल्लेख छ।

उक्त बम्बार्डियर इन्क क्यु ४०० टर्बोप्रप विमानले धावनमार्ग बिराएपछि निकै तलबाट उडान भर्दै उत्तर तर्फ लागि गलत स्थान पुगेको पनि रिपोर्टमा जनाइएको छ।

"जब उनीहरूले धावनमार्गको पहिचान गरे तब धेरै अबेर भइसकेको थियो - विमान निकै तल थियो र लगभग धावनमार्ग छुने क्रममा थियो तर ठिक दिशामा भने थिएन," प्रतिवेदनले अगाडी भनेको छ।

कप्तानले त्यस्तो अवस्थामा विमानलाई अवतरण गराउनको साटो "गो-अराउण्ड" भन्ने प्रक्रिया सुरु गर्नु पर्ने थियो भन्ने मान्यता पनि प्रतिवेदनले राखेको छ।

असफल अवतरण लगत्तै विमान धावनमार्गबाट चिप्लीएर नजिकैको घाँसे मैदानमा पुगी आगलागी भई ध्वस्त भएको थियो जसमा कप्तान अविद सुल्तान र को–पाइलट पृथुला रसिदको पनि ज्यान गएको थियो।
"विमान चालकलाई लाग्यो कि उनी जहाजलाई कुशलता पूर्वक अवतरण गराउन सक्छन्। तर उनले त्यसो गर्न सकेनन्," दुर्घटना जाँच गर्न गठित आयोगका एक अधिकारी - बुद्धि सागर लामिछानेले सोमबार रोयटर्सलाई बताए।
एक महिला सहकर्मीले उक्त विमानका कप्तान रहेका ५२ वर्षीय सुल्तानद्वारा राम्रो प्रशिक्षण दिने कुरामा औँला उठाएपछि उनी तनावमा रही भावनात्मक रूपमा स्थिर नरहेको कुरा उक्त प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार सन् १९९३ मा बङ्गलादेशी वायुसेनाबाट डिप्रेसनबाट पीडित रहेको भन्दै उनलाई सेवाबाट निवृत्त गरिएता पनि नागरिक विमानको उडान भर्न उनलाई पछि सफाइ दिइएको थियो।

ककपिट भोइस रेकर्डर तथा जीवित प्रत्यक्षदर्शी यात्रुका अनुसार विमानका कप्तानले उडिरहेको जहाजको ककपिटमा धूम पान गर्नुका साथै अवतरणको महत्त्वपूर्ण चरणमा समेत अनावश्यक, अव्यावसायिक र लामो कुराकानीमा व्यस्त भएर ककपिट सम्बन्धी सबैजसो सामान्यतया पालन गर्नुपर्ने सबै नियमहरूलाई उलंघन गरेका थिए।

५२ वर्षीय सुल्तानले यसभन्दा पहिले कहिल्यै विमान चलाउँदै काठमान्डू विमानस्थमा  नआएकी २५ वर्षीया सह-चालिका रसिदसँग विमान उडाउने कार्यभार बाँडेका थिए। रसिदसँग जम्मा ३९० घण्टाको मात्र उडान अनुभव रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ।
उच्चस्तरीय जाँचबुझ आयोगले उक्त विमान सेवालाई आफ्ना चालकदलको मानसिक स्वास्थ्य एवं स्थितिको निगरानी तथा मूल्याङ्कन गर्ने कार्यविधि स्थापना गर्न सुझाव दिएको छ।
सन् २०१५ मा एक युरोपेली विमान कम्पनी जर्मनविङ्ग्स विमानका सहचालकले आफूले चलाएको विमान जानीजानी एक पहाडमा ठोक्याईदिएपछि पहिलो पल्ट विमान चालकहरूमा रहेको मानसिक स्थिति बारे चर्चा सुरु भएको थियो।

गतबर्षदेखि युरोपेली आयोगद्वारा त्यहाँ उडान भर्ने सबै विमान सेवाहरूले आफ्ना विमान चालकहरूको मनोवैज्ञानिक परीक्षण गरेर मात्र उनीहरूलाई जागिर दिनुपर्ने नियम लागू गरेको थियो।


Share
Published 29 January 2019 2:30pm
Updated 29 January 2019 3:58pm
By SBS Nepali
Source: SBS


Share this with family and friends