अस्ट्रेलियाको कोरोना भाइरस खोप: कहिले र कसरी प्रत्येक समुदायसम्म पुग्ने छ?

एसबीएस न्युजले अस्ट्रेलियाली सरकारले प्रयोग गर्ने भनेको तीन वटा कम्पनीका खोपहरूको बारेमा, र सबै अस्ट्रेलियालीहरूलाई यसमा समावेश गरिनु पर्ने कारणको बारेमा वर्णन गरेको छ।

Australia vaccine graphic

Australia is due to roll out a vaccine in 2021. Source: SBS News


प्रमुख विषय:

  • अस्ट्रेलिया सरकारका कोभिड-१९ खोपका तीन विकल्पहरू
  • खोप वितरण प्रक्रियामा आउने समस्याहरू
  • बहु सांस्कृतिक तथा बहु भाषी समुदायहरूका लागि खोप बारे पर्याप्त जानकारीको माग

अमेरिका र बेलायतले अहिले फाइजर/बायोएनटेक खोप प्रदान गर्न सुरु गरिसकेको छ। यस्तै, मोडर्ना नामक कम्पनीले बनाएको कोरोना भाइरस विरुद्धको खोपलाई पनि अमेरिकाले प्रयोग गर्न अनुमति दिइसकेको छ।
तर अस्ट्रेलियामा चाहिँ किन यस सम्बन्धमा केही गरिएको छैन त अहिलेसम्म? अझ अहिले बढ्दै गएको कोभिड-१९ को स्थिति हेर्दा त यहाँ पनि तुरुन्तै खोप चाहिएको देखिन्छ र स्वाभाविक प्रश्न अहिले सबैको मुखमा रहेको छ- अस्ट्रेलियामा कोरोना भाइरस विरुद्धको खोप कहिले आउँछ?

यहाँको संघीय सरकारले, देशमा खोप छिट्टै आउने र मार्च महिनासम्ममा वितरणको तयारी पनि गर्ने आश्वासन दिँदै आएको छ।

तर यसको विषयमा थप जानकारी वा योजनाबद्ध कदमहरूले अझै औपचारिकता पाएको छैन। अहिलेसम्म थाहा भएका जानकारीहरू यस प्रकार छन्।

अस्ट्रेलियाले खोपको प्रयोगको अनुमति अहिलेसम्म किन नदिएको?

दक्षिण अस्ट्रेलियाका प्राध्यापक तथा महामारी विज्ञ एड्रियन इस्टरम्यानको भनाइमा अहिले कुनै हतार नभएका कारण यहाँको सरकारले खोपको प्रयोगको लागि अनुमति दिएको छैन।
Allergic reactions to the Pfizer/BioNtech vaccine are said to be incredibly rare.
Allergic reactions to the Pfizer/BioNtech vaccine are said to be incredibly rare. Source: Photonews
फाइजरले बनाएका खोपहरू अहिले अमेरिका र बेलायतमा प्रयोग हुन थालिसकेका छन्। तर यहाँ बिर्सन नहुने कुरा के छ भने- यी दुवै देशहरूले यसको प्रयोगको “आपतकालिन अनुमति” मात्र दिएका हुन्।

इस्टरम्यानको भनाइमा यसको अर्थ, फाइजरका औषधिहरू अझै पनि तेस्रो चरणको परीक्षणमै रहेका छन्।

“तर अमेरिका र बेलायतमा कोरोना भाइरसको अवस्था निकै भयावह भएका कारण यी दुवै देशहरूले थप कुर्न सकेनन्।,” उनले भने।

अस्ट्रेलियामा खोपको प्रयोग कहिले सुरु हुन्छ?

इस्टरम्यानका अनुसार अस्ट्रेलियाको औषधि जाँच्ने आधिकारिक निकायले प्रयोगमा आइरहेको खोपलाई गम्भीरताका साथ नियालिरहेको छ।

यसका साथै, यस खोपले परीक्षणको क्रममा पार गर्नु पर्ने तेस्रो चरणलाई पनि कुरिरहेको छ।

“यो सबै कुराहरू पूरा हुनासाथ- फाइजरको खोपले यहाँ प्रयोगको लागि अनुमति पाउने छ,” उनले भने।

यसको अर्थ, अहिलेसम्मको समय तालिका हेर्दा सन् २०२१ को मार्च महिनातिर यसको वितरण सुरु हुन्छ।

खोप सुरुमा कसले पाउँछ?

खोप वितरण प्राथमिकतामा रहेका समूह अनुसार गरिने अस्ट्रेलियाका कार्यवाहक प्रमुख स्वास्थ्य अधिकारी पल केलीले बताएका छन्।

यस अनुसार वृद्ध वर्ग र कमजोर स्वास्थ्य भएका मानिसहरूले पहिले भ्याक्सिन पाउने छन्।

दोस्रो प्राथमिकतामा कोरोना भाइरस सर्ने उच्च सम्भावना रहेका - स्वास्थ्य कर्मचारी र वृद्ध हेरचाह केन्द्रका कर्मचारीहरू रहेका छन्।

त्यस्तै, आपतकालीन तथा आवश्यक सेवाहरूमा काम गर्ने मानिसहरू तेस्रो प्राथमिकतामा रहने छन्, र क्रमैसँग सामान्य सर्वसाधारणलाई पनि खोप वितरण गरिने छ।

कुन खोपमा अस्ट्रेलियाको पहुँच रहेको छ?

क्वीन्सल्याण्ड विश्वविद्यालयले निर्माण गर्दै गरेको खोप रद्द भएपछि, अस्ट्रेलिया सरकारसँग अब तीन खोपका विकल्पहरू रहेका छन्। सम्भवतः, प्रत्येक व्यक्तिलाई यी खोपहरूको दुई डोज प्रदान गर्नु पर्छ, र समग्रमा दुई करोड ५० लाखभन्दा बढी मानिसहरूलाई पर्याप्त हुनु पर्छ।

  • एस्ट्राजेनेका

AstraZeneca
Source: SBS News
अस्ट्रेलिया सरकारले अक्सफर्ड विश्वविद्यालयले निर्माण गरेको एस्ट्राजेनेका खोपको पाँच करोड ३८ लाख डोजहरू मगाएको छ। कतै पुष्टि हुन बाँकी भए तापनि, अहिलेसम्मका नतिजाहरूले उक्त खोप ९० प्रतिशत प्रभावकारी रहेको बताउँछन्।

यस खोपलाई "भाइरल भेक्टर" पनि भनिने, र यसमा चिम्पान्जीको भाइरस प्रयोग गरिएको प्राध्यापक इस्टरम्यानले बताए।

सीएसएल नामक एक अस्ट्रेलियाली जैविक प्रविधि कम्पनीले मेलबर्नमा यस खोपको पाँच करोड डोज उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ।

उत्पादन प्रक्रिया सुरु भइसकेको छ भने वितरणका लागि एस्ट्राजेनेकाले नियामक स्वीकृति पाउने पर्ने हुन्छ।

  • नोभाभ्याक्स

Novavax
Source: SBS News
अमेरिकी कम्पनीले तयार गर्दै आएको नोभाभ्याक्स पनि यहाँको सरकारले प्रयोग गर्न सक्ने छ।

परीक्षणको तेस्रो चरणमा रहेको उक्त खोपको ५ करोड भन्दा बढी डोजहरू सरकारले किनिसकेको छ।

यसलाई "प्रोटिन भ्याक्सिन" पनि भनिने र छिटै स्वीकृत हुन सक्ने प्राध्यापक इस्टरम्यानले बताए।

यसको तेस्रो चरणको परीक्षण गत सेप्टेम्बर महिनामा सुरु भएको कारण आउँदो वर्ष सन् २०२१ को मे या जुन महिनामा मात्र उपलब्ध हुने सम्भावना रहेको उनको भनाइ छ।

  • फाइजर/बायोएनटेक

Pfizer/BioNtech
Source: SBS News
९५ प्रतिशत प्रभावकारिता रहेको यस खोपका १ करोड डोजहरू अरू खोप भन्दा पहिले अस्ट्रेलिया आइपुग्ने सम्भावना छ। तर प्रत्येक व्यक्तिलाई दुई डोज चाहिने हुनाले सुरुमा ५० लाख अस्ट्रेलियालीहरू सँग मात्र यसको पहुँच हुन्छ।

उक्त भ्याक्सिनमा पहिले खोपहरूमा कहिल्यै प्रयोग नभएको mRNA प्रविधिको प्रयोग गरिएको छ।

संघीय सरकारले यस हिसाबमा विभिन्न खोप कम्पनीहरू सँग सम्झौता गर्न आवश्यक रहेको अस्ट्रेलिया मेडिकल सङ्घका उपाध्यक्ष डाक्टर क्रिस मोइले बताए।

तर विपक्षी लेबर दलले भने तीन वटा कम्पनीहरू सँग सम्झौता गर्नु पर्याप्त नभएको र अन्तराष्ट्रिय स्तरमा पाँच या ६ वटा कम्पनीहरू सँग सम्झौता गर्न सबै भन्दा उपयुक्त रहेको बताएको छ।

फाइजर खोपको भण्डारण गर्न गाह्रो छ, होइन र?

हो, यो खोपलाई सम्पूर्ण समय माइनस सत्तरी डिग्री सेल्सियसमा (-70°C) राख्नु पर्ने हुनाले यसको वितरण थालनी गर्न मुस्किल भएको हो।

"यसलाई एस्की भनिने विशेष भाँडामा राख्नु पर्छ। यसलाई एकदमै चिसो राख्नका लागि ती भाँडामा तरल नाइट्रोजन राख्नु पर्छ।", प्राध्यापक इस्टरम्यानले बताए।
داروشناسی در حال تحویل‌گیری نخستین محموله واکسین کرونا در شفاخانه‌ای در لندن.
The Pfizer/BioNTech vaccine must be kept at very cold temperatures. Source: Getty
अस्ट्रेलियाले यस किसिमको कठिन काम गर्न सक्ला कि नसक्ला भन्दा, इस्टरम्यानले यो सम्भव रहेको बताएका छन्।

"फाइजरले यी खोपहरूलाई विशेष इस्कीहरूमा राखेर अस्ट्रेलिया भर वितरण गर्ने छ। हर समय चिसोमा राख्नु पर्नाले यो कार्य अलि गाह्रो अवश्य छ, तर अस्ट्रेलियामा यसको प्रबन्ध सजिलै मिल्ने छ।"

फाइजर/बायोएनटेक जस्ता mRNA भ्याक्सिनहरूमा एक किसिमको नयाँ प्रविधि प्रयोग गरिने हुनाले यी अस्ट्रेलियामा उत्पादन गर्न सकिँदैन।

"हामीले आफैँ mRNA खोप उत्पादन गर्ने विषयमा कुरा भएका छन्, र भविष्यमा यस किसिमका महामारी भएमा त्यो प्रयोग गर्न सकिन्छ।", प्राध्यापक इस्टरम्यानले बताए।

युक्यु/सीएसएल (UQ/CSL) खोपलाई के भयो?

अस्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्सल्याण्डले तयार गरिरहेको युक्यु/सीएसएल खोप यस महिना रद्द गरिएको थियो।

उक्त खोपको परीक्षण प्रियामा संलग्न सहभागीहरूमा एचआइभी सङ्क्रमण रहेको झुठो नतिजा आए पछि यस खोपको उत्पादनमा रोक लगाइएको हो।
"एचआइभी सङ्क्रमण हुने कुनै पनि जोखिम थिएन।", युनिभर्सिटी एफ सिड्नीका सङ्क्रामक रोग विशेषज्ञ प्राध्यापक रोबर्ट बोइले बताउँछन्।

"त्यसमा वास्तवमा थोरै मात्रामा प्रोटिन प्रयोग गरिएको थियो र एचआइभी भाइरससँग कुनै सम्बन्ध थिएन।"

तर, खोप पूर्ण तरिकामा सुरक्षित भए तापनि नक्कली एचआइभी सङ्क्रमणका नतिजाले अस्ट्रेलियाको एचआइभी परीक्षण व्यवस्था र रक्तदानलाई नकारात्मक असर गर्न सक्ने, यसप्रति सर्वसाधारणको गलत धारणा र अविश्वास हुन सक्ने कारणले खोपको प्रक्रियालाई वैज्ञानिकहरूले अन्त्य गरेका हुन्।

खोप लगाउने विषयमा अस्ट्रेलियालीहरूको विचार के छ?

कुनै पनि वितरण कार्यक्रम सफल हुनका लागि ठूलो सङ्ख्यामा देशका जनतालाई यसको बारेमा पर्याप्त जानकारी हुन र उनीहरूले यस प्रति सहमति जनाउन आवश्यक हुन्छ।

कोभिड-१९ विरुद्धको खोपको बारेमा आफूलाई थुप्रै बिरामीहरूले सोध्ने गरेको मेलबर्नका डाक्टर अभिषेक भर्मा बताउँछन्।

"हामीलाई खोपको बारेमा थुप्रैले प्रश्नहरू सोधेका छन्; यो सुरक्षित हुन्छ?; के यो अनिवार्य हुन्छ?; यो हानिकारक हुने सम्भावना छ?", उनले बताए।

खोप हासिल गर्ने प्रक्रियामा यसको गुणस्तर प्रति कम ध्यान दिइएको हुन सक्ने विषयमा धेरै बिरामीहरू चिन्तित रहेका छन्।
"हामीले बिरामीहरू सँग यस विषयमा खुलेर कुरा गर्ने गरेका छौँ।", डाक्टर भर्माले बताए।

"हामीले स्वास्थ्य विभागबाट प्राप्त हुने तथ्याङ्क र क्लिनिकल परीक्षणहरूको नतिजा र प्रमाणलाई आधार बनाई सुरक्षित र प्रभावकारी खोप कार्यक्रम बारे जानकारी दिन्छौँ।"

नोभेम्बर महिनामा अस्ट्रेलियन नेसनल युनिभर्सिटीले गरेको ३,०६१ अस्ट्रेलियाली वयस्क सहभागी भएको सर्वेक्षण अनुसार ५८.५ प्रतिशतले खोपको प्रयोग गर्ने बताएका थिए। र ६ प्रतिशतके खोपको प्रयोग नगर्ने बताएका थिए।

खोप वितरणमा अस्ट्रेलियाका सबै समुदायहरू समावेश हुने छन्?

भाषाको भिन्नता र सांस्कृतिक हिसाबमा विविध स्वास्थ्य सेवाहरूको कमीका कारण कतिपय समयमा नयाँ आप्रवासी समूहहरूलाई यी विषयको जानकारी नहुने गरेको डाक्टर भर्माले बताए।

यस कोरोना भाइरस महामारीको समयमा अस्ट्रेलियाका सांस्कृतिक तथा भाषिक विविधता भएका समुदायहरूमा सही जानकारी नपुगेका कारण राज्य तथा संघीय सरकारको कडा आलोचना गरिएको थियो।

अङ्ग्रेजीमा रहेको जानकारी अन्य भाषामा अनुवाद गर्दा भएका गल्तीहरू र समुदायका प्रतिनिधिहरूसँग परामर्श नलिएका कारण केही मानिसहरूले अनौपचारिक र गलत माध्यमहरूबाट भाइरसको बारेमा जानकारी लिएका थिए।
कोरोना भाइरस विरुद्धको खोपको बारेमा अनलाइनमा थुप्रै गलत जानकारी रहेको इस्लामिक काउन्सिल अफ भिक्टोरियाका प्रवक्ता आदिल सलमानले बताए।

भ्याक्सिनको बारेमा रहेका गलत जानकारीहरू साना सङ्ख्यामा रहेका समुदायहरूको मात्र नभएर सम्पूर्ण अस्ट्रेलियाली जनसङ्ख्याको समस्या रहेको उनको भनाइ छ।

"प्रभावकारी रूपमा सही जानकारी प्रदान गरिन निकै आवश्यक छ नत्र भए मानिसहरूले व्यर्थमा डर पैदा गर्छन्, र विभिन्न षड्यन्त्रका झूटा कथाहरू भन्छन्।", उनले भने। "विश्वसनीय स्रोतबाट यी जानकारी प्राप्त होस् भनेर हामीले सुनिश्चित गर्नु पर्छ।"
संघीय सरकारले खोप वितरण सुरु गर्नु अघि सही जानकारी प्रदान गर्नका लागि अभियान सञ्चालन गर्न पर्ने सलमानले माग गर्दै आएका छन्।

स्वास्थ्य मन्त्री ग्रेग हन्टका एक प्रवक्ताले एसबीएस न्युजलाई यसो बताएका छन् - "सरकारले मुख्य बहु सांस्कृतिक संस्थाहरूसँग कुरा गर्दै, कोभिड-१९ का विषयहरूमा हुने प्रचार प्रसार बारे उनीहरूको सल्लाह सुझाव लिन जारी गर्ने छ। र यसमै आधारित रही खोपको कार्यान्वयन र त्यस सम्बन्धी प्रचार प्रसार गर्ने रणनीति निर्माण गरिने छ।"

सरकारले सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरू समूहको (Culturally and Linguistically Diverse Communities-CALD) कोभिड-१९ स्वास्थ्य सल्लाह समिति पनि निर्माण गरेको छ। उक्त समितिको पहिलो बैठक यही डिसेम्बर महिनामा बसेको थियो।

खोप वितरण प्रक्रियामा के समस्याहरू आउन सक्छन् ?

अस्ट्रेलियाको भ्याक्सिन वितरण प्रक्रियामा जटिलताहरू आउन सक्ने युनिभर्सिटी अफ क्वीनस्ल्याण्डका सङ्क्रामक रोग विशेषज्ञ प्राध्यापक पल ग्रिफिनले बताए।

'खोपको व्यवस्थापन र खोप प्रयोगको विषयमा मानिसहरूमा रहेको हिचकिचाहट दुई मुख्य समस्या हुन्छन् जस्तो मलाई लाग्दछ। हामीले यी दुवै मध्य एउटालाई पनि पर्याप्त सम्बोधन गरेको छौँ जस्तो मलाई लाग्दैन।'
'व्यवस्थापन कार्यहरू सबै भन्दा हुने छन्, किनभने हामीले यस्तो काम पहिले कहिल्यै पनि गरेको छैनौँ।'

'हामीले फ्लु भ्याक्सिनहरू त वितरण गरेका थियौँ, तर तिनमा मानिसहरू माझ भ्याक्सिन पुर्‍याउने तरिका फरक थिए। अहिले कोभिड-१९ को जस्तो ठुलो सङ्ख्यामा फ्लुको खोप चाहिने थिएन।'

'त्यस्तै, खोप लगाएका मानिसहरूको रेकर्ड र विवरण राख्नु र खोप लगाएका मानिसहरूले त्यसको प्रमाण देखाउनु पनि आवश्यक छन्। हामीले प्रयोग गर्न गइरहेका खोपहरूको प्रत्येक व्यक्तिले दुई वटा डोज लिनु पर्छ। मानिसहरू एक पटक खोप लगाएर दोस्रो पटकमा आएनन् भने त्यसले खोपले प्रदान गर्ने सुरक्षालाई कम गर्छ।'

खोप प्रभावकारी हुन्छ?

खोप वितरणको अल्पकालीन र दीर्घकालीन लक्षहरू बारे पनि थप स्पष्टता हुनु पर्ने डाक्टर मोइले बताए।

'यी खोपहरू व्यक्तिलाई बिरामी हुन बाट बचाउन प्रभावकारी छन्, तर कुनै सङ्क्रमित व्यक्तिबाट सङ्क्रमण फैलन यस खोपले रोक्छ कि रोक्दैन भन्ने बारे हामी अझै निश्चित छैनौँ। यो एउटा काममा राम्रो हुन सक्छ, एउटा काममा नराम्रो हुन सक्छ।'

'हामीले कुनै सङ्क्रमित व्यक्तिलाई बचाउने मात्र होइन, समुदायमा सङ्क्रमण फैलन दिनलाई पनि रोक्ने कोसिस गर्दछौँ। समग्रमा यी खोपहरूको राम्रा र नराम्रा दुवै पक्षहरू छन्, र केही कुराहरू अझ पत्ता लागेका छैनन् - जस्तै, यी खोपहरू कति समय सम्मका लागि टिक्छन्।'

थप जानकारी कहिले प्राप्त हुन्छ?

अस्ट्रेलियाको खोप वितरण कार्यक्रम बारे पूरा जानकारी जनवरी महिनामा सार्वजनिक गरिने प्राध्यापक केलीले बताइन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी  उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - 


Share
Published 29 December 2020 5:41pm
Updated 12 August 2022 3:10pm
By Amelia Dunn, Marcus Megalokonomos
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends