खोप सर्वेक्षण: आदिवासी,महिला र आप्रवासीमा खोप लगाउन कम रुचि

अस्ट्रेलियामा खोप कार्यक्रम आगामी सोमबारबाट सुरु हुदैछ, तर भर्खरै गरिएको एक सर्वेक्षणमा आदिवासी,महिला र अङ्ग्रेजी पहिलो भाषा नभएका मानिसहरूमा खोप लगाउने कुरामा रुचि कम हुँदै गएको पाइएको छ ।

Drawing up a dose of the vaccine

Nqus tshuaj vaccine Source: Getty Images

कोरोना खोप लगाउने समय नजिकिँदै जाँदा सर्वेक्षणहरूले खोप प्रतिको अन्यौलता र हिचकिचाहट बढ्दै गएको देखाएको छ ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीले (ए एन यु) करिब ३५ सय मानिसमा भर्खरै गरेको एक सर्वेक्षणमा खोप कार्यक्रममा सहभागिता जनाउन धेरै मानिसले इच्छा देखाएका छैनन् ।

जनवरीमा सर्वेक्षणमा सहभागी करिब २० प्रतिशत मानिसले स्वास्थ्य अधिकारीहरूले सुरक्षित रहेको बताए,आफूहरू खोपका लागि तैयार रहेको बताएका थिए ।

गत वर्षको अगस्ट महिनामा केवल १२ प्रतिशतले मात्र खोप कार्यक्रममा सहभागीताका लागि तैयार रहेको बताएका थिए ।

गत वर्षको अगस्ट देखि जनवरी सम्मको समयमा १० मध्ये तिन मानिसले खोप कार्यक्रममा सहभागी हुन इच्छा देखाएका थिएनन् ।


सोही समयमा १० मध्ये एक जनाले मात्र खोप कार्यक्रमका लागि उत्साहित रहेको बताएका थिए ।

विशेष गरी महिला,आदिवासी अस्ट्रेलियाली,घरमा अङ्ग्रेजी बाहेकका भाषा बोल्नेहरू र कक्षा १२ वा त्यो भन्दा कम पढेकाहरू खोप कार्यक्रममा सहभागी हुन इच्छुक देखिएका छैनन् ।

उक्त अध्ययन प्रतिवेदनका सह लेखक निकोलस बिडल भन्छन् “यो जनसङ्ख्या समूहलाई सार्वजनिक स्वास्थ्य अभियान सुरु गर्दा केन्द्र बिन्दुमा राखेर इच्छुकतामा अभिवृद्धि गर्नु पर्दछ ।”

मोरीसन सरकारले माई गभ र मेडीकेयरलाई लिङ्क गरी खोप कार्यक्रममा सहभागिता जनाएको प्रमाणपत्र प्राप्त गर्न आव्हान गरिरहेका बेला सर्वेक्षण प्रतिवेदन बाहिर आएको हो ।

सोमबार देखि क्वारीनटीन र सीमा सुरक्षामा कार्यरत कर्मचारी र अग्रपङ्क्ति स्वास्थ्यकर्मीहरूलाई केन्द्रमा राख्दै खोप अभियान सुरु गरीदैछ ।

करिब १६ स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाउने कार्य सुरु गरिने छ ।

खोप कार्यक्रमको पहिलो सातामा १ सय ९० सहरमा एज्डकेयरमा रहेका बासिन्दाहरूलाई खोप लगाउने उद्देश्य राखिएको छ ।


आगामी ६ साता भित्र सबै एज्डकेयरहरु र आशतत्ताको क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरी खोप लगाउने कार्यक्रम रहेको छ ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले पहिलो हप्ता करिब ६० हजार मानिसलाई खोप लगाइने बताए ।

मार्च महिना देखि एस्ट्रा जेनेकाको खोप मार्फत अन्य मानिसहरूले पनि खोप प्राप्त गर्नेछन् ।

एसबीएस नेपाली को फेसबुक पृष्ठमा हाम्रा समाचार सामग्रीहरू देखिएका छैनन्।

हाम्रा सामाग्रीलाई फेसबुक बाहेक यी प्याटफर्महरूमा पाउन सक्नु हुन्छ:

एसबीएस नेपाल वेबसाइट: https://www.sbs.com.au/language/nepali/en

एसबीएस रेडियो एप: Appleको App Store या Google Play बाट डाउनलोड गर्न सक्नु हुन्छ।

ट्विटर:https: twitter.com/SBSNepali


Share
Published 19 February 2021 11:05am
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends